मारिएका अफगानी मन्त्री : जसको टाउकाको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको थियो

काठमाडौं । आत्मघाती हमलामा मारिएका अफगानिस्तानको तालिबानी सरकारका शरणार्थी मामिलामन्त्री उर–रहमान खलील हक्कानीबारे अहिले विभिन्न तथ्य सार्वजनिक भइरहेका छन् । यसैबीच भर्खरै एउटा तथ्य सार्वजनिक भएको छ । जसअनुसार अमेरिकाले तत्कालीन तालिबान विद्रोही नेता हक्कानीको टाउकाको मूल्य तोकको विषय बाहिरिएको छ । उनको टाउको लिएर आउनलाई अमेरिकाले ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको […]

Dec 12, 2024 - 07:27
 0
मारिएका अफगानी मन्त्री : जसको टाउकाको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको थियो

काठमाडौं । आत्मघाती हमलामा मारिएका अफगानिस्तानको तालिबानी सरकारका शरणार्थी मामिलामन्त्री उर–रहमान खलील हक्कानीबारे अहिले विभिन्न तथ्य सार्वजनिक भइरहेका छन् । यसैबीच भर्खरै एउटा तथ्य सार्वजनिक भएको छ ।

जसअनुसार अमेरिकाले तत्कालीन तालिबान विद्रोही नेता हक्कानीको टाउकाको मूल्य तोकको विषय बाहिरिएको छ । उनको टाउको लिएर आउनलाई अमेरिकाले ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

हक्कानी नेटवर्क अमेरिकामा ’विदेशी आतंकवादी संगठन’को सूचीमा रहेको पाइएको छ ।

अमेरिकी सरकारको रिवार्ड्स फर जस्टिस वेबसाइटले हक्कानीले सन् २०१० देखि अफगानिस्तानको लोगर प्रान्तमा तालिबानको नेतृत्व गरेको उल्लेख गरेको छ ।

अफगानिस्तानका शरणार्थी मामिलामन्त्री हक्कानीको बुधबार राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको थियो । मन्त्रालयको कार्यालयमा भएको विष्फोटमा उनको मृत्यु भएको हो ।

अफगानिस्तानका शरणार्थी मामिलामन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register