सोमबार २८.९१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २८ कम्पनीको ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Dec 23, 2024 - 09:32
 0
सोमबार २८.९१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २८ कम्पनीको ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १८ करोड ८४ लाख ६६ हजार ३ सय ३५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register