यो भिटामिनको कमीले पार्न सक्छ मानसिक स्वास्थ्यमा असर

एजेन्सी । शरीरमा पोषक तत्त्वको कमीले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई पनि प्रभावित गर्न सक्छ । यही कारण हो कि स्वास्थ्य विशेषज्ञ सधैँ स्वस्थ र सन्तुलित आहार लिन सल्लाह दिन्छन् । भिटामिन बी १२ को कमीले तपाईंको मानसिक स्वास्थ्यलाई क्षति पुर्‍याउन सक्छ । त्यसैले समयमै यस भिटामिनको कमीका लक्षण पहिचान गर्नु आवस्यक छ । छिटो छिटो मूड […]

Dec 3, 2024 - 09:00
 0
यो भिटामिनको कमीले पार्न सक्छ मानसिक स्वास्थ्यमा असर

एजेन्सी । शरीरमा पोषक तत्त्वको कमीले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई पनि प्रभावित गर्न सक्छ । यही कारण हो कि स्वास्थ्य विशेषज्ञ सधैँ स्वस्थ र सन्तुलित आहार लिन सल्लाह दिन्छन् ।

भिटामिन बी १२ को कमीले तपाईंको मानसिक स्वास्थ्यलाई क्षति पुर्‍याउन सक्छ । त्यसैले समयमै यस भिटामिनको कमीका लक्षण पहिचान गर्नु आवस्यक छ ।

छिटो छिटो मूड परिवर्तन

भिटामिन बी १२ को कमीले मानिसमा मूड स्विङ्गको समस्या हुन्छ । यदि लामो समयसम्म शरीरमा भिटामिन बी १२ को कमी रह्यो भने, चिन्ता वा एन्जाइटी र डिप्रेसनजस्ता गम्भीर मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छन् ।

यो भिटामिन कमीका केही लक्षण 

थकान र कमजोरी महसुस गर्नु

यदि तपाईंलाई दिनभरि थकान र कमजोरी महसुस हुन्छ भने सावधान हुनुपर्छ । शरीरमा ऊर्जाको कमी महसुस हुनु यस भिटामिन कमीतर्फको संकेत हुन सक्छ । भिटामिन बी १२ को कमीले तपाईंलाई चक्कर पनि आउन सक्छ ।

सास फेर्नमा कठिनाइ

के तपाईंलाई सास फेर्नमा कठिनाइ महसुस हुन्छ ? यदि हो भने, यो लक्षण भिटामिन बी १२ को कमीको संकेत हुन सक्छ । यसका साथै छालाको रङ पहेँलो हुनु पनि भिटामिन बी १२ को कमीको लक्षण हो ।

यदि तपाईंमा यस्ता लक्षणहरू एकैसाथ देखा परिरहेका छन् भने, ढिलाइ नगरी राम्रो चिकित्सकसँग जाँच गराउनुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register