तेस्रो खेलमा कर्णालीको पहिलो जित, चितवनको विजयी यात्रा टुङ्गियो

काठमाडौं । एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो । पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जित हो भने लगातार दुई खेल जितेको चितवनको यो पहिलो हार हो । चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा […]

Dec 6, 2024 - 06:54
 0
तेस्रो खेलमा कर्णालीको पहिलो जित, चितवनको विजयी यात्रा टुङ्गियो

काठमाडौं । एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो । पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जित हो भने लगातार दुई खेल जितेको चितवनको यो पहिलो हार हो ।

चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि ओपनर शिखर धवनले ४५ रन बनाए । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

च्याडविक वाल्टनले ३० रनको योगदान गरे । ओपनर देव खनालले २५ रन जोडे । जिशन मक्सुदले १२ रन बनाए ।

चितवनका लागि रवि बोपरा, कुशल मल्ल र जान निकोल लोफ्टी इटनले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले अविजित ५८ रन बनाए । उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन ९ , दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए । शरद भेषावकर ६ रनमा अविजित रहे ।

चितवनका लागि विपिन रावलले ११ र दीपक बोहराले ८ रन बनाउँदा लुक बेन्केनस्टाइन भने शून्यमा आउट भए ।

कर्णालीका लागि विपिन शर्माले ३, जिशान मक्सुदले २ तथा नन्दन यादव, र सोमपाल कामीले १–१ विकेट लिए ।

अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register