दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई बिहीबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै […]

Dec 12, 2024 - 10:51
 0
दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई बिहीबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रहरीको साइबर ब्युरोले उनलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।

प्रसाईंमाथि ब्युरोले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ गरी अनुसन्धान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register