धरौटी तिरेर छुट्नेबित्तिकै फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । धरौटी तिरेर छुट्नेबित्तिकै दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतले आदेशपछि छुटेका प्रसाईं फेरी पक्राउ परेका हुन् । यसपटक प्रसाईंलाई आपराधिक लाभको कसुरमा सीआईबीले पक्राउ गरेको छ । बिहीबार विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर रिहा हुने बित्तिकै प्रसाईंलाई अदालत परिसरबाटै […]

Dec 12, 2024 - 12:23
 0
धरौटी तिरेर छुट्नेबित्तिकै फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । धरौटी तिरेर छुट्नेबित्तिकै दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतले आदेशपछि छुटेका प्रसाईं फेरी पक्राउ परेका हुन् ।

यसपटक प्रसाईंलाई आपराधिक लाभको कसुरमा सीआईबीले पक्राउ गरेको छ ।

बिहीबार विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर रिहा हुने बित्तिकै प्रसाईंलाई अदालत परिसरबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार प्रसाईंलाई आपराधिक लाभ, संगठित अपराध, सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register