रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालते अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलाशले रविलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरी स्रोतका अनुसार रविलाई आज अन्तिम पटक म्याद थप गरिएको हो । अर्कोपटक अदालतमा उपस्थित गराउँदा […]

Dec 12, 2024 - 09:59
 0
रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालते अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलाशले रविलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरी स्रोतका अनुसार रविलाई आज अन्तिम पटक म्याद थप गरिएको हो । अर्कोपटक अदालतमा उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

यसो त आज प्रहरीले रवि लामिछानेलाई अझै ९ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । तर, अदालतले लामो बहसपछि रविलाई पाँच दिन मात्रै हिरासतमा राख्न अनुमति प्रदान गरेको हो ।

सहकारी ठगी प्रकरणमा रविलाई गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो । सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा रविविरुद्ध कास्की, रुपन्देही, चितवन, काठमाडौँ र पर्सामा बयान लिइसकिएको छ । रविमाथिको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register