फेरी बढ्यो सिमेन्टको मूल्य, अझै बढाउने ‘मुड’मा उद्योगी !

काठमाडौँ । सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य फेरी बढाएका छन् । केही दिनअघि मात्रै प्रतिबोरा १ सय रुपैयाँले मूल्य वृद्धि गरेका उद्योगीहरुले आज (आइतबार) फेरी अधिकतम ५० रुपैयाँसम्मले मूल्य वृद्धि गरेका छन् । सिमेन्ट उद्योगीहरुले आइतबार पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले वृद्धि गरेका छन् । सिमेन्टको मूल्य १० […]

Dec 8, 2024 - 08:23
 0
फेरी बढ्यो सिमेन्टको मूल्य, अझै बढाउने ‘मुड’मा उद्योगी !

काठमाडौँ । सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य फेरी बढाएका छन् । केही दिनअघि मात्रै प्रतिबोरा १ सय रुपैयाँले मूल्य वृद्धि गरेका उद्योगीहरुले आज (आइतबार) फेरी अधिकतम ५० रुपैयाँसम्मले मूल्य वृद्धि गरेका छन् ।

सिमेन्ट उद्योगीहरुले आइतबार पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले वृद्धि गरेका छन् ।

सिमेन्टको मूल्य १० दिनमै १ सय २५ रुपैयाँसम्मले वृद्धि हुँदा अब संरचना निर्माणको लागत पनि महँगिने भएको छ । तर, निर्माण व्यवसायीहरुले भने सिमेन्टको मूल्य सिमेन्ट उद्योगीहरुले ‘कार्टेलिङ’ गरेर बढाएको आरोप लगाएका छन् ।

विगत एक वर्षदेखि उद्योगीहरुले सिमेन्टको भाउ बढाउन खोजे पनि केही सिमेन्ट उद्योग भाउ बढाउन तयार नभएपछि सिमेन्टको भाउ बढाउने प्रयासमा सिमेन्ट उद्योगहरु असफल भएका थिए । तर, यसपालि अधिकांश ठूला उद्योगहरुको मिलेमतोमा मूल्यवृद्धिसहित सिमेन्टको मूल्य तय भएको व्यवसायीको भनाई छ ।

यता सिमेन्ट उद्योगीहरुले भने मूल्यमा ‘कार्टेलिङ’ गरिएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनीहरुले यो निर्माणको सिजन भएको र अत्याधिक माग हुँदा स्वभाविक रुपमा मूल्य महँगिएको तर्क गर्दै आएका छन् । अर्कोतर्फ व्यवसायीहरुले भने सिजनको बाहनामा उद्योगीले सिमेन्टको मूल्य बढाएको र अझै बढाउने ‘मुड’मा उद्योगीहरु भएको पनि दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register