सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउँदै सरकार !

काठमाडौँ । नेपालमा घट्दो जनसंख्यादर नियन्त्रण गर्न सरकारले नयाँ नीति लिने तयारी गरेको छ । पछिल्ला वर्ष नेपालको जनसंख्या निरन्तर घट्दो क्रममा गएपछि जनसंख्यामा सन्तुलन कायम गर्न सरकारले नयाँ नीति ल्याउने तयारी गरेको हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२१ मा नेपालको जनसंख्या वृद्धिदर ०.९२ मा झरेको छ । सामान्यतया जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा […]

Dec 12, 2024 - 07:31
 0
सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउँदै सरकार !

काठमाडौँ । नेपालमा घट्दो जनसंख्यादर नियन्त्रण गर्न सरकारले नयाँ नीति लिने तयारी गरेको छ । पछिल्ला वर्ष नेपालको जनसंख्या निरन्तर घट्दो क्रममा गएपछि जनसंख्यामा सन्तुलन कायम गर्न सरकारले नयाँ नीति ल्याउने तयारी गरेको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२१ मा नेपालको जनसंख्या वृद्धिदर ०.९२ मा झरेको छ । सामान्यतया जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम हुनु चिन्ताजनक मानिन्छ ।

यसो त २०७१ सालको राष्ट्रिय जनसंख्या नीतिले दम्पतिलाई दुई वा सोभन्दा कम सन्तान जन्माउन प्रोत्साहित गरेको थियो । तर, हाल जनसंख्या घट्दो क्रममा रहेको र उक्त नीति पुरानो भइसकेको भन्दै उक्त नीति बदल्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

करिब सात दशकअघि नेपालमा कुल जनसंख्याको ३८ प्रतिशत हिस्सा बालबालिकाको थियो तर अहिले कुल जनसंख्यामा बालबालिकाको हिस्सा २८ प्रतिशत मात्रै छ । जनसंख्या वृद्धिदर यही गतिमा ओरालो लागे नेपालमा लैंगिक असमानताले विकराल रुप लिने विज्ञहरुको दाबी छ । विज्ञका अनुसार हाल नेपालमा महिलाहरु आर्थिक रुपमा सक्रिय हुनु, व्यवसाय वा जागिर गर्दा सन्तान जन्माउन नचाहनु, अध्ययन र रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढ्दा ढिलो विवाह गर्नु र सन्तान उत्पादनको प्रजनन् समयमा श्रीमान–श्रीमती संगै नबस्ने स्थितिले जनसंख्या वृद्धिदर घटेको हो ।

यही समस्या समाधानका लागि र सन्तान जन्माउन प्रोत्साहन गर्ने गरी विज्ञहरुले दिएको सुझावका आधारमा सरकारले नयाँ नीति ल्याउने तयारी गरेको छ । जसअन्तर्गत स्वदेशमा उपयुक्त र प्रयाप्त रोजगारीका अवसर सृजना गर्ने, वैदेशिक रोजगारीलाई सीपयुक्त, सुरक्षित, मर्यादित, प्रतिस्पर्धी र मर्यादित बनाउने र स्थानीय स्तरबाट सन्तान जन्माउने प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने तयारी गरिएको बुझिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register