प्रधानमन्त्री ओलीद्वारा दमक बिजनेस कम्प्लेक्सको उद्घाटन

दमक, २३ मंसिर । झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २०७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा झापाको दमक ३ मा निर्माण भएको ‘दमक बिजनेस कम्प्लेक्स’ को औपचारिक शुभारम्भ भएको हो । प्रयोजनहीनरुपमा यो कम्प्लेस ठड्याइएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ [...] The post प्रधानमन्त्री ओलीद्वारा दमक बिजनेस कम्प्लेक्सको उद्घाटन appeared first on Jhapa Online.

Dec 8, 2024 - 12:20
 0
प्रधानमन्त्री ओलीद्वारा दमक बिजनेस कम्प्लेक्सको उद्घाटन

दमक, २३ मंसिर । झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

२०७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा झापाको दमक ३ मा निर्माण भएको ‘दमक बिजनेस कम्प्लेक्स’ को औपचारिक शुभारम्भ भएको हो । प्रयोजनहीनरुपमा यो कम्प्लेस ठड्याइएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ । प्रधानमन्त्रीले ओलीले भने सो कम्प्लेक्सले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आएका छन् ।

दीर्घकालका लागि सो कम्प्लेक्सले दमक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने भनेर दाबी गरिरहँदा आलोचना गर्नेहरूले भने कम्प्लेक्स नचल्ने दाबी गर्दै आएका छन् । आज उद्घाटन भएको कम्प्लेक्स पूर्वपश्चिम मुख्य सडकको ताराबारी खण्ड भन्दा केही माथि निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो कम्प्लेक्स प्रधानमन्त्री ओलीकै पहलमा गौरवको आयोजनाका परेको थियो । एक अर्ब ३८ करोड १८ लाख चार हजार ५६९ रुपैयाँमा लागत सम्झौता भएको परियोजनाको लागत ५ दशमलव ४ प्रतिशत बढेको छ ।

सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार सो कम्प्लेक्स एक अर्ब ४५ करोडमा कम्प्लेक्स निर्माण सम्पन्न भएको छ । सो कम्प्लेक्सको चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष् ओम साइराम निर्माण कम्पनी जेभीले निर्माणको जिम्मा पाएको थियो ।

सहरी विकास मन्त्रालयले कम्प्लेक्स सञ्चालनका लागि विभिन्न कम्पनीहरूलाई आव्हान गर्ने तथा केही प्रवेश शुल्क समेत राखेर त्यसको व्यवस्थापन गरिने जनाएको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले टावर उद्घाटनपछि व्यापारिक प्रयोजनका लागि बुकिङ खुल्ला भएको बताए ।

सुरुमा ‘दमक भ्यु टावर’को नामबाट निर्माण सुरु भएको भए पनि पछि ‘दमक बिजनेस कम्प्लेक्स’ नामाकरण गरिएको थियो । यो टावर १ वर्ष अघि नै निर्माण सम्पन्न भए पनि त्यसको सञ्चालनका सम्बन्धमा सङ्घीय सरकारले नीति बनाउन समय लागेपछि उद्घाटन हुन सकेको थिएन । उद्घाटन नहुँदा यसको बारेमा आलोचना हुने गरेको थियो ।

कम्प्लेक्सको २०७६ असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलान्यास गरेका थिए । कम्प्लेक्स एक सय मिटर अग्लो रहेको छ । कम्प्लेक्स १८ तला छ । कम्प्लेक्सको ७२ मिटर कङ्क्रिट संरचनाले २८ मिटर भने मेटल फ्रेमको टावर छ ।

The post प्रधानमन्त्री ओलीद्वारा दमक बिजनेस कम्प्लेक्सको उद्घाटन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register