दुधेमा चासोक तङ्नाम पर्वको तयारी पूरा

सरोज भट्टराईशिवसताक्षी, २३ मंसिर । झापाको शिवसताक्षीमा हुन गइरहेको मिनीमेला सहितको चासोक तङनाम पर्वको तयारी पुरा भएको छ । किराँत याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा भोली मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाउने तयारी पुरा भएको आयोजकले जनाएको छ । चासोक तङनाम पर्वको लागि [...] The post दुधेमा चासोक तङ्नाम पर्वको तयारी पूरा appeared first on Jhapa Online.

Dec 8, 2024 - 12:16
 0
दुधेमा चासोक तङ्नाम पर्वको तयारी पूरा

सरोज भट्टराई
शिवसताक्षी, २३ मंसिर ।
झापाको शिवसताक्षीमा हुन गइरहेको मिनीमेला सहितको चासोक तङनाम पर्वको तयारी पुरा भएको छ ।

किराँत याक्थुङ चुम्लुङ र नालिफुङ चुम्भो शिवसताक्षीको आयोजनामा भोली मंसिर २४ गतेदेखि ३० गतेसम्म नगरस्तरीय दुधे रङ्गशालामा मिनी मेलासहितको बृहत रुपमा चासोक तङ्नाम पर्व मनाउने तयारी पुरा भएको आयोजकले जनाएको छ ।

चासोक तङनाम पर्वको लागि मौलिक घर निर्माण, मेलाका खेलहरुको सम्पूर्ण तयारी भएको आयोजक किराँत याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनले विगत वर्षहरुमा हामीले एक तले मौलिक घर निर्माण गर्दै आएकोमा यस पल्ट २ तले निर्माण गरिएको जानकारी दिए ।

पछिल्लो समय चासोक तङ्नामलाई जातिय पर्वको रुपमा मात्र नभई सबै भाषा, धर्म र समुदायका मानिसहरु भेला भएर मनाउने गरिएको र यसलाई साझा पर्वको रुपमा मनाइने अध्यक्ष जवेगुले बताए । उनले चासोक तङ्नाम सप्ताव्यापी रुपमा मनाइने भएको हुँदा कार्यक्रम आउने आगन्तुकहरुले लगाउनु भएको मौलिक पोशाकको मूल्याङ्कन गरी उत्कृष्ट पोशाक लगाउने दुई जोडीलाई पुरस्कृत गरिने बताए ।

त्यस्तै मौलिक खेल, मौलिक खानपिनको स्टल राखिने, मौलिक पोशाकको प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । आयोजक संस्थाले सञ्चालन गर्न मनाउन लागेको चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरेको गरिएको छ ।

मेलामा विभिन्न जातिय भेषभुषा, जातिय खानाको परिकार, लिम्बु जातिको संस्कृति जोडिएका सामाग्रीहरुको प्रदर्शन तथा विक्री वितरण गरिने आयोजकले जनाएको छ । मेलामा सांगीतिक कार्यक्रम बेलुकी ६ बजेदेखि १० बजेसम्म हुनेछ ।

मिनीमेला संयोजक अग्नी राईका अनुसार मेलाका लागि ३५ ओटा स्टलहरु निर्माण गरिएको छ । उनले भोली ४ बजे शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । मिनी मेलामा प्रत्येक दिन बेलुकी हाउजी खेलसमेत खेलाइने बताइएको छ ।

त्यस्तै मिनी मेलामा नेपालका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिका प्रवक्ता सन्तोष थोप्राले जानकारी दिए । थोप्राका अनुसार मेलामा गायकहरुमा लिम्बु भाषाका गीतहरु समेत प्रस्तुत गरिने छ । त्यस्तै विभिन्न खेल तमासा, रोटेपिङ, बालिबालिकाहरुका लागि खेलहरुका लगायत कानुनले बर्जित नगरिएका खेल तामासाहरु रहने छन् ।

चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उँधौली पूजा पनि भन्ने गरिन्छ । उँधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चडाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूजातिहरुलार्ई उनीहरूकै भाषामा याक्थुङ्बा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । कार्यक्रम सबै समुदायको साझा भएकाले च्याबरुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

The post दुधेमा चासोक तङ्नाम पर्वको तयारी पूरा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register