सताक्षीधाममा गोरक्षा महोत्सव : सतबिजदेखि सीताराम विवाहसम्म

झापा, ११ मंसिर । झापाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आगामी मंसिर १४ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ–२०८१ हुने भएको छ । गौशलाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजका अनुसार मसिर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान [...] The post सताक्षीधाममा गोरक्षा महोत्सव : सतबिजदेखि सीताराम विवाहसम्म appeared first on Jhapa Online.

Nov 26, 2024 - 01:42
 0
सताक्षीधाममा गोरक्षा महोत्सव : सतबिजदेखि सीताराम विवाहसम्म

झापा, ११ मंसिर । झापाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आगामी मंसिर १४ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ–२०८१ हुने भएको छ ।

गौशलाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजका अनुसार मसिर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डिय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा बिशेष अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन् ।

यसैगरी, मंसीर १८ गतेदेखि नियमित पञ्चक्ण्डीय महायज्ञ तथा रुद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक बिद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक बिचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्र सम्पन्न हुनेछ ।

लिंग महापराण कथा प्रवचक विद्धत्वरेण्य आचार्य पं. लक्ष्मीप्रसाद खतिवडा पाठपारायण, आचार्य पं. मदनमोहन अधिकारी रहने बताइएको छ ।

The post सताक्षीधाममा गोरक्षा महोत्सव : सतबिजदेखि सीताराम विवाहसम्म appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register