सिमेन्टको मूल्यवृद्धिप्रति सरकारको चासो, एक हप्ताभित्र मूल्यवृद्धिको कारण पठाउन निर्देशन, नपठाए कारवाही !

काठमाडौँ । सरकारले सिमेन्टमा भएको मूल्यवृद्धिप्रति चासो देखाएको छ । सिजनकै बेलामा सिमेन्टको मूल्य अस्वभाविक बढाइएको भन्दै निर्माण व्यवसायीहरुले विरोध गरेपछि सरकारले त्यसतर्फ चासो देखाएको हो । यहीबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट तथा छड उद्योगीहरुसँग मूल्यवृद्धिको कारण मागेको छ । विभागले व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग गरेको […]

Dec 9, 2024 - 03:19
 0
सिमेन्टको मूल्यवृद्धिप्रति सरकारको चासो, एक हप्ताभित्र मूल्यवृद्धिको कारण पठाउन निर्देशन, नपठाए कारवाही !

काठमाडौँ । सरकारले सिमेन्टमा भएको मूल्यवृद्धिप्रति चासो देखाएको छ । सिजनकै बेलामा सिमेन्टको मूल्य अस्वभाविक बढाइएको भन्दै निर्माण व्यवसायीहरुले विरोध गरेपछि सरकारले त्यसतर्फ चासो देखाएको हो ।

यहीबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट तथा छड उद्योगीहरुसँग मूल्यवृद्धिको कारण मागेको छ ।

विभागले व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग गरेको बैठकपछि सिजनको समयमा सिमेन्ट र छडको मूल्यवृद्धिको कारण पेश गर्न निर्देशन दिएको हो । विभागका महानिर्देशक राजन पौडेलका अनुसार उद्योगीहरुसँग सिमेन्ट र छडको मूल्य बढाउनुको कारण स्पष्ट कारण पेश गर्न एक हप्ताको समय दिइएको छ ।

एक हप्ताभित्र सिमेन्ट र छडको मूल्यवृद्धि गर्नुको कारण पेश नगरे वा चित्तबुझ्दो जवाफ नआए कानून अनुसार कारवाही गरिने विभागले जनाएको छ ।

यता उद्योगीहरुले भने सिजनमा माग बढी हुँदा स्वभाविक रुपमा मूल्य बढेको र अर्कोतर्फ उद्योगहरु लोडसेडिङको मारमा परेकोले मूल्य समायोजन गर्नुपरेको तर्क प्रस्तुत गर्दै आएका छन् । यद्यपि उद्योगीहरुको उक्त तर्क चित्तबुझ्दो नदेखिएको विभागका अधिकारीहरुले बताएका छन् । पछिल्लो १० दिनमै सिमेन्ट तथा छड उद्योगहरुले सिमेन्टको मूल्य प्रतिबोरा १ सयदेखि १ सय २५ रुपैयाँसम्मले वृद्धि गरेका छन् भन् छडको मूल्य पनि १५ रुपैयाँसम्मले बढाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register