सुनसरीबाट ६४ किलो गाँजा बरामद 

काठमाडौँ।  सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले  बरामद गरेको छ ।नेपालबाट  भारततर्फ  लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल   नं. ४ गण सुनसरि मातहत   बोर्डर आउट पोस्ट उल्टीले  सोमबार बरामद गरेको हो । गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा […]

Dec 9, 2024 - 10:18
 0
सुनसरीबाट ६४ किलो गाँजा बरामद 

काठमाडौँ। 

सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले  बरामद गरेको छ ।
नेपालबाट  भारततर्फ  लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल   नं. ४ गण सुनसरि मातहत   बोर्डर आउट पोस्ट उल्टीले  सोमबार बरामद गरेको हो । गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ ।

यस अघि सोही गण मातहत बिओपी साहेबगंजले  बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसैगरी  मंसिर २२ गते सोही जिल्लाको हरिनगर गाउँपालिका–७ स्थित सीमा इलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करिब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल बोर्डर आउट पोस्ट घुस्की सुनसरीले बरामद गरेको थियो भने सोही गाउँपालिका–५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते बोर्डर आउट पोस्ट वसन्तपुरले करिब ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल औषधि बरामद गरेको थियो  । 

 यसैगरी मंसिर १९ गते सोही जिल्लाको धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ बर्षिय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो ।

को २५ प ८११ नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा ३४ वटा प्रोमेथाजिन, ३५ वटा बुप्रेनोर्फिन, ३५ वटा डाईजेपाम र ३५ वटा फेनिरामीनसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register