जापान पठाउने भन्दै १० लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.  ०५ बस्ने  ४५ वर्षीय बिष्णु लोप्चन रहेका छन् । उनेल आकर्षक तलबको प्रलोभनमा पारेर एक जनालाई जापान पठाउने भन्दै १० […]

Dec 12, 2024 - 09:35
 0
जापान पठाउने भन्दै १० लाख ठग्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.  ०५ बस्ने  ४५ वर्षीय बिष्णु लोप्चन रहेका छन् ।
उनेल आकर्षक तलबको प्रलोभनमा पारेर एक जनालाई जापान पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए ।
पीडितले दिएको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका वडा नं.  १५ बाट पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register