रवि लामिछानेलाई थप ९ दिन थुनामा राख्न माग गरेपनि अदालतले दियो पाँच दिन अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप ९ दिन थुनामा राख्न प्रहरीले माग गरे पनि कास्की जिल्ला अदालतले पाँच दिन मात्र थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले बिहीबार लामिछानेलाई पाँच दिन थप थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अन्तिम पटक म्याद थप गरेपछि […]

Dec 12, 2024 - 09:07
 0
रवि लामिछानेलाई थप ९ दिन थुनामा राख्न माग गरेपनि अदालतले दियो पाँच दिन अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप ९ दिन थुनामा राख्न प्रहरीले माग गरे पनि कास्की जिल्ला अदालतले पाँच दिन मात्र थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले बिहीबार लामिछानेलाई पाँच दिन थप थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले अन्तिम पटक म्याद थप गरेपछि उनलाई पुनः अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ । साथै, अब छिट्टै अभियोजन पत्र दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेसँगै सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका रामबहादुर खनाल, र लिला पछाईलाई पनि अदालतमा उपस्थित गराइएको थियो ।

उनीहरू सबैलाई पाँच दिनको म्याद थपिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register