प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने-नक्कली चिर्कटो बनाएर मलाई बदनाम गरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न नक्कली चिर्कटो बनाएर भ्रम फैल्याइएको बताएका छन् । सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा उनले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बदनाम गरेको बताएका हुन् । सम्बोधनका क्रममा  प्रधानमन्त्री ओलीले ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा आफ्नो ३२.५ अर्ब रुपैयाँ […]

Dec 9, 2024 - 13:47
 0
प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने-नक्कली चिर्कटो बनाएर मलाई बदनाम गरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न नक्कली चिर्कटो बनाएर भ्रम फैल्याइएको बताएका छन् ।

सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा उनले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बदनाम गरेको बताएका हुन् ।

सम्बोधनका क्रममा  प्रधानमन्त्री ओलीले ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा आफ्नो ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको समेत बताए ।

ओलीले भने, ‘४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन् ।’

उनले केपी ओलीको बैंक खातामा  कति लाख डलर, कति मिलियन डलर छ भनेर हल्ला गर्नेहरु पनि देखिएको समेत बताए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register