गणपति लघुवित्तको शाखा कार्यालय साँगाद्धारा एक दिने साबुन बनाउने तालिम सम्पन्न

काठमाडौँ । गणपति लघुवित्तको शाखा कार्यालय साँगाले एक दिने साबुन बनाउने तालिम सम्पन्न गरेको छ । गणपति लघुवित्त वित्तिय संस्था शाखा कार्यालय साँगा काभ्रेले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिबृद्धिका लागि एक दिने साबुन बनाउने तालिम संचालन गरेर सम्पन्न गरेको हो । संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले १९ जना ग्राहक सदस्यहरु सहित […]

Dec 13, 2024 - 07:35
 0
गणपति लघुवित्तको शाखा कार्यालय साँगाद्धारा एक दिने साबुन बनाउने तालिम सम्पन्न

काठमाडौँ । गणपति लघुवित्तको शाखा कार्यालय साँगाले एक दिने साबुन बनाउने तालिम सम्पन्न गरेको छ । गणपति लघुवित्त वित्तिय संस्था शाखा कार्यालय साँगा काभ्रेले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिबृद्धिका लागि एक दिने साबुन बनाउने तालिम संचालन गरेर सम्पन्न गरेको हो ।

संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले १९ जना ग्राहक सदस्यहरु सहित २६ जनालाई २०८१ साल मंसिर २७ गते बिहिबारका दिन साँगामा उक्त तालिम प्रदान गरिएको हो । शाखा प्रबन्धक रोहिणि प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न तालिमको प्रशिक्षण विषय विज्ञ विमला नयाँजुले जानकारी दिएकी हुन् ।

तालिममा सहभागिहरुलाई प्रमुख अतिथि संस्थाका अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशिले प्रमाण पत्र वितरण गरे । यस शाखाले सदस्यको क्षमता अभिबृद्धीका लागि विगत वर्ष देखि निरन्तर सिपमुलक तालिम प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register