एनपीएलः प्लेअफको आशासहित भिड्दै चार टोली, पहिलो खेलमा पोखरा र काठमाडौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज पनि दुई रोमाञ्चक खेलहरू हुँदैछन् । ‘प्ले अफ’को तयारीका लागि मात्र पाँच खेल बाँकी रहँदा, आजको खेल थप रोमाञ्चक छ । किनकि आज भिड्ने चारैटोलीले जितेमा मात्र ‘प्ले अफ’मा जान सजिलो छ । पोखरा एभिन्जर्स र काठमाडौं गुर्खाजबीचको सङ्घर्ष सवा ९ बजे सुरु हुनेछ । दुवै […]

Dec 14, 2024 - 00:47
 0
एनपीएलः प्लेअफको आशासहित भिड्दै चार टोली, पहिलो खेलमा पोखरा र काठमाडौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज पनि दुई रोमाञ्चक खेलहरू हुँदैछन् ।

‘प्ले अफ’को तयारीका लागि मात्र पाँच खेल बाँकी रहँदा, आजको खेल थप रोमाञ्चक छ । किनकि आज भिड्ने चारैटोलीले जितेमा मात्र ‘प्ले अफ’मा जान सजिलो छ ।

पोखरा एभिन्जर्स र काठमाडौं गुर्खाजबीचको सङ्घर्ष सवा ९ बजे सुरु हुनेछ । दुवै टोलीले प्ले अफको स्थिति सुदृढ बनाउनको लागि जित आवश्यक पर्नेछ । काठमाडौं र पोखराको भोलि पनि खेल छ ।

दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको रोमाञ्चक खेल दिउँसो १ बजे हुनेछ । यो खेल पनि प्ले अफमा स्थान बनाउनका लागि महत्त्वपूर्ण हुनेछ । यसअघि हिजो प्लेअफको झिनो आशासहित चितवनसँग खेल्दै विराटनगरले जित हात पारेको थियो ।

अब पाँचवटा मात्रै खेल बाँकी हुँदा, अहिलेसम्म प्ले अफमा जाने तीनवटा टीमको टुंगो भने निकाल्न सकिएको छैन । जनकपुर बोल्ट्सले ६ म्याच खेल्दा ५ जित हासिल गर्दै प्ले अफमा स्थान सुरक्षित गरेको छ । तर बाँकी तीन स्थानका लागि ६ टोली अबै पनि दौडमा छन् ।

यी टोलीमध्ये सुदूरपश्चिम र कर्णालीको दावेदारी बलियो देखिन्छ । दुवैले हालसम्म चार जित निकाल्दै ८ अंक जोडेका छन् ।  सुदूरपश्चिमले ५ म्याच खेलेको छ भने कर्णालीले ६ म्याच खेल्दै ४ जित हासिल गरेका छन् ।

अब सुदूरपश्चिमले दुई म्याच खेल्न बाँकी छ । दुईमध्ये एक म्याच जिते, उसले प्ले अफमा स्थान सुरक्षित गर्नेछ ।

दुवै म्याच हारेको खण्डमा पनि उसको सम्भावना बलियो रहनेछ । यद्यपि कर्णालीले पनि बाँकी एक म्याच जिते प्ले अफमा स्थान बनाउनेछ र हारेको खण्डमा पनि सम्भावना समाप्त हुनेछैन ।

जनकपुर, सुदूरपश्चिम र कर्णालीले प्ले अफका तीन स्थान ओगट्दा, चौंथो स्थानका लागि चितवन राइनोज, काठमाण्डु गुर्खाज, पोखरा एभेन्जर्स र विराटनगर किङ्स जस्ता चार टोली भिड्नेछन् । यी चार टोलीमध्ये चितवन राइनोजको समीकरण सहज देखिन्छ भने विराटनगर किङ्सको स्थिति सबैभन्दा कठिन छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register