शीर्ष ४ मा कायमै रहने लक्ष्यमा कर्णाली, पछिल्लो जितलाई निरन्तरता दिने सुरमा पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् । यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली २ जित र २ हारमा साथ अंक तालिकाको चौथो स्थानमा […]

Dec 10, 2024 - 01:11
 0
शीर्ष ४ मा कायमै रहने लक्ष्यमा कर्णाली, पछिल्लो जितलाई निरन्तरता दिने सुरमा पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली २ जित र २ हारमा साथ अंक तालिकाको चौथो स्थानमा छ । उ आजको खेलमा स्पष्ट जितेर शीर्ष ४ भित्र कायम रहँदै प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ ।

अर्कोतिर कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पछिल्लो शानदार जितलाई निरन्तरता दिन चाहन्छ । लगातार २ हारेपछि दबाबमा रहेको पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि १० विकेटको शानदार जित निकालेको थियो ।

दुई अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको पोखरालाई प्लेअफ सम्भावना कायम राख्न आज स्पष्ट जितको खाँचो छ ।

मंसिर १५ देखि कीर्तिपुरको त्रिवि मैदानमा जारी एनपीएलमा सोमबार भने कुनै खेल भएका थिएनन् ।

अंक तालिका :

प्लेअफ सम्भावना बलियो मनाउने दाउमा चितवन, प्रतिष्ठाको लडाइँमा लुम्बिनी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register