प्रधानमन्त्री ओलीलाई नभेटी स्वदेश फर्किए अमेरिकी सहायक विदेशमन्त्री लू

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका […]

Dec 10, 2024 - 01:47
 0
प्रधानमन्त्री ओलीलाई नभेटी स्वदेश फर्किए अमेरिकी सहायक विदेशमन्त्री लू

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए ।

उनले प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भने भेटवार्ता गरेनन् । तर उनले एमाले नेतासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भने भेटेका छन् । यसप्रति राजनीतिक वृत्तमा विभिन्न विश्लेषण र टिप्पणी भइरहेका छन् ।

नेपाल बसाइका क्रममा सहायक विदेशमन्त्री लूले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैङ्गिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक शुरुआत कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागिता जनाएका थिए ।

उनले सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेपाल–अमेरिका सम्बन्धमा विविध आयाम बारे चर्चा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयनप्रति सन्तोष व्यक्त गरे । यस परियोजनाको निर्माणले नेपालको ऊर्जा र सडक पूर्वाधारको प्रगतिमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो । साथै उनले नेपालको विकास निर्माणमा अमेरिकी सहयोग निरन्तर रहिरहने उल्लेख गर्दै नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियाका बारेमा चासोसमेत व्यक्त गरेका थिए ।

सहायक विदेशमन्त्री लूले नेपालको समृद्ध सांस्कृतिक सम्पदाका रुपमा रहेको भक्तपुर क्षेत्रको भ्रमण पनि गरेका थिए । उनको भ्रमणले अमेरिका–नेपाल साझेदारीलाई सुदृढ तुल्याउँदै दिगो विकास, लैङ्गिक समानता र सामुदायिक सशक्तिकरणलगायत प्रमुख क्षेत्रहरूमा निरन्तर सहकार्य र थप प्रगति हुने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register