ट्रम्प भन्छन् – क्यानडाका अधिकांश नागरिक अमेरिकाको ५१औं राज्य बन्न चाहन्छन्

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र क्यानडालाई लिएर फेरि अर्को बयान दिएका छन् । ट्रम्पले क्यानडामा कर लगाउने कुरा पहिले नै गरिसकेका छन् । अब सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखिएको नयाँ बयानअनुसार क्यानडाका अधिकांश नागरिकहरू अमेरिकाको ५१औं राज्य बन्न चाहन्छन् । ट्रम्पले लेखेका छन्, ”कसैले जवाफ दिन सक्दैन किन हामी क्यानडालाई […]

Dec 19, 2024 - 05:35
 0
ट्रम्प भन्छन् – क्यानडाका अधिकांश नागरिक अमेरिकाको ५१औं राज्य बन्न चाहन्छन्

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र क्यानडालाई लिएर फेरि अर्को बयान दिएका छन् । ट्रम्पले क्यानडामा कर लगाउने कुरा पहिले नै गरिसकेका छन् ।

अब सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखिएको नयाँ बयानअनुसार क्यानडाका अधिकांश नागरिकहरू अमेरिकाको ५१औं राज्य बन्न चाहन्छन् ।

ट्रम्पले लेखेका छन्, ”कसैले जवाफ दिन सक्दैन किन हामी क्यानडालाई वार्षिक एक अर्ब डलर भन्दा बढी सब्सिडी दिन्छौं । यसको कुनै अर्थ छैन ! धेरै क्यानाडाहरू यो अमेरिकाको ५१औं राज्य होस् भन्ने चाहन्छन् । यसले उनीहरूलाई कर र सैन्य सुरक्षामा धेरै बचत गर्नेछ । यो एक महान् विचार हो ।”

ट्रम्पले क्यानडामा यसअघि दिएको बयानमा आप्रवासी र अवैध लागूऔषध रोक्न क्यानडा र मेक्सिकोमा कर लगाउनु आवश्यक भएको बताएका थिए ।

उनले २० जनवरीमा पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर गर्ने बताएका थिए ।

क्यानडा र अमेरिकासँग विश्वको सबैभन्दा लामो सिमाना छ र दुई देशबीचको व्यापार सम्बन्ध एक ट्रिलियन डलरभन्दा बढी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register