कर्णालीको सङ्घर्षपूर्ण ब्याटिङ, ललितले लिए दुई विकेट
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ब्याटिङमा सङ्घर्ष गरिरहेको छ । १० ओभरको समाप्तीमा कर्णालीले ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ । १.१ ओभरमा ओपनर जयकिशन कोलसावालालाई १ रनमा आउट गरे । उनलाई जनकपुरका ललित राजवंशीले आउट गरे । ५.१ ओभरमा जेम्स निशमले अर्का ओपनर देव खनाललाई २४ […]

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ब्याटिङमा सङ्घर्ष गरिरहेको छ ।
१० ओभरको समाप्तीमा कर्णालीले ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।
१.१ ओभरमा ओपनर जयकिशन कोलसावालालाई १ रनमा आउट गरे । उनलाई जनकपुरका ललित राजवंशीले आउट गरे ।
५.१ ओभरमा जेम्स निशमले अर्का ओपनर देव खनाललाई २४ रनमा आउट गरे ।
६.५ ओभरमा जिशान मक्सुदलाई १२ रनमा आउट भए । उनलाई मोहम्मद मोहसिनले आउट गरे । ९.३ ओभरमा विलियम बोस्सिटो १२ रनमा आउट भए । उनलाई राजवंशीले आउट गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।
What's Your Reaction?






