टेलिकमको नामममा सामाजिक सञ्जालमा स्पाम

झापा, ४ पुस । नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो । सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच हजार [...] The post टेलिकमको नामममा सामाजिक सञ्जालमा स्पाम appeared first on Jhapa Online.

Dec 19, 2024 - 03:20
 0
टेलिकमको नामममा सामाजिक सञ्जालमा स्पाम

झापा, ४ पुस । नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ ।

‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो । सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । यससँगै विश्वासिलो बनाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्रिसमस योजना ल्याएको छैन । उनले उक्त काम भ्रामक र गलत भएको स्पष्ट पारे । टेलिकमका योजना र अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा वेबसाइटको सहयोग लिन उनले अनुरोध गरे ।

साइबर जानकारका अनुसार यस्ता शङ्कास्पद लिङ्कमा मालवेयर तथा भाइरस हुनसक्ने सम्भावना हुन्छ । जसमा क्लिक गर्दा प्रयोगकर्ताहरूको सम्पूर्ण जानकारी ह्याकरले पहुँच पाउन सक्ने समेत बताईएको छ । सबै लाई सचेत रहन अनुरोध छ ।

The post टेलिकमको नामममा सामाजिक सञ्जालमा स्पाम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register