पूर्वमन्त्री आलेद्वारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार बढी सहयोग

डोटी । प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’ मा रु एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश भरीकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) […]

May 11, 2025 - 05:24
 0
पूर्वमन्त्री आलेद्वारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार बढी सहयोग

डोटी ।

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भईरहेको ‘लिङ्गपुराण महायज्ञ’ मा रु एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गर्नु भएको छ ।

सुदूरपश्चिम प्रदेश भरीकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठुला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यही वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि रु एक लाख ११ हजार एक सय ११ आज प्रदान गर्नु भएको हो ।”

महायज्ञलाई सफल बनाउन बडिकेदार क्षेत्रका नागरिक तथा भक्तजनबाट सहयोग भईरहेको र आज पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य आलेले रु एक लाख ११ हजार एक सय ११ दिने जानकारी प्राप्त भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनु भएको समयमा बडिकेदारको विकास एवं स्तारोन्नतीका लागि रु आठ करोड बजेट विनियोजन गर्नु भएको थियो । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य आले हालसम्मकै सबै भन्दा बढी सहयोग गर्ने व्यक्तिमा पर्नु भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register