जनकपुरले जित्यो एनपीएलको उपाधि, लाहिरू नायक

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरको जितमा ओपनर लाहिरु मिलान्था नायक बने । उनले […]

Dec 21, 2024 - 10:08
 0
जनकपुरले जित्यो एनपीएलको उपाधि, लाहिरू नायक

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको छ ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो ।

सुदूरपश्चिमले दिएको १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरको जितमा ओपनर लाहिरु मिलान्था नायक बने । उनले ४९ बलमा ८७ रन बनाए । सो क्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

६.६ ओभरमा कप्तान आसिफ शेखलाई ३३ रनमा सैफ जैबले आउट गरे । सैफको बलिङमा आसिफले गरेको प्रहारलाई ब्राण्डन म्याकमुलनले क्याच आउट गरे ।

९.६ ओभरमा मोहम्मद मोहसिनलाई इशान पाण्डेले ९ रनमा आउट गरे ।  १५.३ ओभरमा मिलान्थालाई स्कट कुगेलेइनले आउट गरे । मिलान्थाको प्रहारलाई स्कटले नै क्याच गरे । हर्ष थाकेरले रन जोडे ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडे । अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान गरे ।

भण्डारी र जैबले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो ओभरका लागि ११७ रनको साझेदारी गरे । जुन सुदूरपश्चिमका लागि सबैभन्दा ठूलो साझेदारी हो ।

त्यसपछि लगातार विकेट गएको कारण विशाल लक्ष्य दिन सुदूरपश्चिमले सकेन । तर, प्रतिस्पर्धात्मक लक्ष्य भने दिएको छ ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ९, हरमित सिंहले १४, ब्राण्डन म्याकमुलनले १४, स्कट कुगेलेइनले १३ रन बनाए । आरिफ शेख १ रनमै आउट भए ।

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले तीनरतीन तथा ललित राजवंशी र जेम्स निशमले १–१ विकेट लिए ।

यससँगै विजेता टोली जनकपुरले १ करोड १० लाख रुपैयाँ जितेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ जितेको छ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register