पाउरोटी उद्योगलाई  जरिवाना

उदयपुर ।  जिल्ला प्रशासन कार्यालय उदयपुरले बिहीबार त्रियुगा नगरपालिका वडा नं ५ को देउरी र १२ नं वडाका केही पसलमा अनुगमन गर्दा दुई पाउरोटी उद्योगलाई जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय,घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त रुपमा रहेको अनुगमन टोलीले अनुगमन गरेको उदयपुरका प्रमुख जिल्ला […]

Jun 5, 2025 - 14:38
 0
पाउरोटी उद्योगलाई  जरिवाना

उदयपुर ।

 जिल्ला प्रशासन कार्यालय उदयपुरले बिहीबार त्रियुगा नगरपालिका वडा नं ५ को देउरी र १२ नं वडाका केही पसलमा अनुगमन गर्दा दुई पाउरोटी उद्योगलाई जरिवाना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय,घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त रुपमा रहेको अनुगमन टोलीले अनुगमन गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

अनुगमन त्रियुगा नगरपालिका वडा नं ५ मा रहेको उदयपुर पाउरोटी उद्योगमा गरिएको जानकारी दिँदै अनुगमनमा गएका जिल्ला प्रशासन कार्यालय उदयपुरका खरिदार उमेशमणि पोखरेलले उदयपुर पाउरोटी उद्योगमा मापदण्ड विपरीत पाउरोटी उत्पादन गरेको पाइएपछि.१० हजार जरिवाना गरिएको बताए ।

यसैगरी त्रियुगा नगरपालिका वडा नं १२ मा रहेको रुक्साना पाउरोटी उद्योगले पनि मापदण्ड विपरीत उत्पादन गरेको पाइएपछि रु ५ हजार जरिवाना गरिएको पोखरेलले बताए ।

यसैगरी त्रिनपा १२ कै ३ वटा किराना पसलमा अनुगमन गर्दा दुईवटा पसललाई सचेत गराइएको र एउटा पसल ठिकै रुपमा सञ्चालन भएको पाइएको अनुगमनकर्ता पोखरेलले बताए ।

केही दिन अघि पनि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले गाईघाट पूर्वको क्षेत्रमा मदन भडारी लोकमार्गमा संचालनमा रहेका १० वटा होटलको अनुगमन गरेको थियो । सो अनुगमनमा केही होटलहरुले मापदण्ड विपरीत खाद्य सामग्रीहरु बिक्री वितरण गरेको र पेडा भण्डारहरुमा पनि अनुगमन गरेको थियो । पेडा भण्डारहरुमा अनुगमन गर्दा बासी, सडेगलेका मानव स्वास्थ्यमा असर पर्ने खालका खाद्य बस्तुहरु बिक्रीकालागि राखिएको फेला परेपछि जरिवाना गरिएको पोखरेलले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register