संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योगमा युवक पक्राउ

नवलपरासी।  संरक्षित वन्यजन्तु पाटेबाघ मार्ने उद्योगमा संलग्न अभियोगमा चितवन राष्ट्रिय निकुञ्ज कसराले पूर्वी नवलपरासीका एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय विनयी त्रिवेणी गाउँ पालिका वडा नम्बर १ निवासी २० वर्षीय अमृत न्यौपाने रहेकाे आइतबार निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत कार्तिक २ गते […]

Dec 22, 2024 - 12:46
 0
संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योगमा युवक पक्राउ

नवलपरासी। 

संरक्षित वन्यजन्तु पाटेबाघ मार्ने उद्योगमा संलग्न अभियोगमा चितवन राष्ट्रिय निकुञ्ज कसराले पूर्वी नवलपरासीका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय विनयी त्रिवेणी गाउँ पालिका वडा नम्बर १ निवासी २० वर्षीय अमृत न्यौपाने रहेकाे आइतबार निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत कार्तिक २ गते विनयी त्रिवेणी १ तिनचुली मध्यवर्ती सामुदायिक वनकाे लक्ष्मीडाँडा भन्ने ठाँउमा निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाकाे संयुक्त गस्ती टोलीले बाघकाे सिकार गर्न प्रयोग गरिएका ३ थान तार फेला पारेको थियाे ।

सिकारीले प्रयोग गरेको जस्ताे देखिने सवारी साधनकाे ब्रेकतार,केबुल तार र जंगली जनाजरकाे राै टासिएकाे अर्काे तार फेला परेसंगै विशेष सुराकीकाे आधारमा निकुञ्ज प्रशासन र सुरक्षाटाेलीले यस सम्बन्धमा खोजी गर्दै जाँदा विशेष  सूचनाका आधारमा कार्तिक २९ गते न्याैपानलाई पक्राउ गरेको हो ।

निकुञ्जकाे तमासपुर रेञ्जपाेष्टका कर्मचारी र पाेष्टमा तैनाथ नयाँ गाेरखगण नेपाली सेनाकाे टोलीले न्याैपानेलाई पक्रिएसंगै बरामद सामाग्री मध्येकाे तारमा जेलिएकाे राैं राष्ट्रिय विधि बिज्ञान प्रयाेगशाला डिएनए नतिजा अनुसार प्यान्थेरा टाइग्रिसकै रहेकाे बताइएको छ ।

त्यसैगरी  पक्राउ परेका युवकबाट बरामद माेवाईल कल डिटेल डिजिटल परीक्षण अनुसार बाघ पासाेमा परे लगतै न्याैपानेले रूखमा चढेर खिचेकाे तस्बिर समेत माेवाईलमा फेला परेकाे आधारमा प्रतिवादी वनाई अदालत पेश गरिएको सूचना अधिकारी थापाले बताए ।

सूचना अधिकारी थापाका अनुसार बाघ पासाेमा पर्दा घर्षणबाट राैँ जेलिएकाे तार पासाे नै भएको प्रमाण,माेवाईलमा भेटिएकाे बाघकाे तस्वीर युवक स्वयंले खिचेकाे स्वीकाराेक्तीले प्रतिवादीलाई संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योग अन्तरगत सजाय र बरामद सामाग्री जफत समेतकाे मुद्दा चलाईएकाे हो ।

यस्तै यस अघि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले गत २ कार्तिक २०८१ का दिन साेही वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जीतबहादुर थिङकाे बाघकाे आक्रमणमा परि मृत्यु भएको जानकारी स्थानीय संचारकर्मीलाई दिएको थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register