इजरायलले पहिलो पटक स्वीकार्‍यो हमासका पूर्वप्रमुख हानियाको हत्या

काठमाडौं । इजरायलले पहिलो पटक हमासका पूर्वप्रमुख इस्माइल हानियाको हत्या गरेको स्वीकार गरेको छ । इजरायलका रक्षामन्त्री काट्जले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेका हुन् । हुथी विद्रोहीको आक्रमणका सम्बन्धमा एक विज्ञप्तिमा रक्षामन्त्री इजरायल काट्जले भनेका छन्, ‘जसरी हामीले हानिया र सिनवारलाई मारेका छौं, त्यसरी नै हामी हुथीहरूलाई पनि मार्नेछौं ।’ हानियाको यसै वर्ष […]

Dec 24, 2024 - 05:23
 0
इजरायलले पहिलो पटक स्वीकार्‍यो हमासका पूर्वप्रमुख हानियाको हत्या

काठमाडौं । इजरायलले पहिलो पटक हमासका पूर्वप्रमुख इस्माइल हानियाको हत्या गरेको स्वीकार गरेको छ ।

इजरायलका रक्षामन्त्री काट्जले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेका हुन् ।

हुथी विद्रोहीको आक्रमणका सम्बन्धमा एक विज्ञप्तिमा रक्षामन्त्री इजरायल काट्जले भनेका छन्, ‘जसरी हामीले हानिया र सिनवारलाई मारेका छौं, त्यसरी नै हामी हुथीहरूलाई पनि मार्नेछौं ।’

हानियाको यसै वर्ष जुलाई ३१ मा इरानको राजधानी तेहरानमा हत्या भएको थियो । उनी इरानका राष्ट्रपति मसुद पजाकियानको शपथ ग्रहणमा सहभागी हुन तेहरान पुगेका थिए ।

इरानले हानिया मिसाइल आक्रमणमा मारिएको बताएको थियो । यद्यपि, धेरै मिडिया रिपोर्टअनुसार हानिया बम विस्फोटमा मारिएको भनिएको थियो ।

हानियाको अन्त्येष्टि अगस्ट २ मा कतारको राजधानी दोहामा भएको थियो । न्यूओर्क टाइम्सले आफ्नो रिपोर्टमा इजरायलले हानियाको मृत्यु हुनुभन्दा दुई महिनाअघि नै हत्या गर्ने योजना बनाएको दाबी गरेको थियो ।

इस्माइल हानिया: शरणार्थी शिविरदेखि हमासको शीर्षसम्म, तीन छोरा गुमाएपछि अन्त्यमा आफैँ मारिए !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register