क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को नयाँ अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत भएकी छन् । आउँदो पुस १३ गते हुने महासंघको १५औं महाधिवेशनका लागि घिमिरेको नाममा सहमति जुटाइएको हो । पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी थिइन् । नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो ५ बजेसम्म मनोनयन दर्ता हुँदैछ । महासंघका महासचिव चिरञ्जीवी अधिकारीका अनुसार अध्यक्षसहित अधिकांश केन्द्रीय सदस्य पदमा सहमतिको प्रयास भइरहेको छ । क्यान महासंघमा मनोनितसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति ह...

What's Your Reaction?






