दीपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले तिर्दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वोत्कृष्ट खेलाडी दीपेन्द्र सिंह ऐरीले पाएको कारको कर ‘शारडा ग्रुप’ले दिने भएको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने निर्णय गरेको हो । दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । पुरस्कार […]

Dec 25, 2024 - 08:08
 0
दीपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले तिर्दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वोत्कृष्ट खेलाडी दीपेन्द्र सिंह ऐरीले पाएको कारको कर ‘शारडा ग्रुप’ले दिने भएको छ ।

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने निर्णय गरेको हो ।

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । पुरस्कार पाएको सो कारको आकस्मिक लाभ करबाट दीपेन्द्रले १५ लाख ५० हजार कर तिर्नुपर्नेछ ।

कार दिने कम्पनी शारडा ग्रुपले नै कर तिरिदिने बताएको छ ।

शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडाले अहिले खेलाडीलाई धेरै भार नपरोस् भनेर आफूहरूले नै कर दिने बताएका छन् ।

‘दीपेन्द्रलाई हामीले ६२ लाखको कार दियौँ । ६०–६२ लाखको कार नै दिइसकेपछि १५ लाख कर पनि हामी नै तिरिदिऔँ भनेर यो निर्णय गरेका हौँ,’ शारडाले भने ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दीपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।

तर, सरकारले यता ध्यान नदिएपछि कार दिने कम्पनीले नै कर तिरिदिन लागेको हो ।

दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register