बाजुराको गोत्रीमा भुकम्पका कारण झण्डै सात सय घरमा क्षति

बाजुरा । बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झण्डै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । भुकम्पबाट सबै भन्दा बढी जगन्नाथ गाउँपालिकामा क्षति भएको हो । जगनाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीका अनुसार १०८ घर पूर्णरुपमा क्षति भएका छन् । ४६० घर आशिक क्षति भएका छन् त्यसगरी चार वटा विद्यालयमा आंशिक […]

Dec 25, 2024 - 08:46
 0
बाजुराको गोत्रीमा भुकम्पका कारण झण्डै सात सय घरमा क्षति

बाजुरा ।

बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झण्डै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ ।

भुकम्पबाट सबै भन्दा बढी जगन्नाथ गाउँपालिकामा क्षति भएको हो । जगनाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीका अनुसार १०८ घर पूर्णरुपमा क्षति भएका छन् । ४६० घर आशिक क्षति भएका छन् त्यसगरी चार वटा विद्यालयमा आंशिक क्षति भएको छ ४ वटा सामुदायिक स्वास्थ्य चौकी र तिवटा वडा कार्यालयमा आँशिक क्षति भएको छ । बाजुरा जिल्ला भरी निजी र सरकारी गरी छ सय ८४ वटा संरचनामा क्षति पुगेको हो ।

बुढीनन्दा नगरपालिकामा एक सय ३२, हिमाली गाउँपालिकामा एक सय २१, स्वामीकार्तिक गाउँपालिकामा एक सय ४२ भवनमा पूर्ण क्षति भएको जनाएको छ । भूकम्पका कारण छ सय २६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ ।

यसैवीच सोमवार दिउसो प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायको अध्यक्षतामा पालिका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेता बोलाएर सर्वदलीय सर्वपक्षीय बैठक वसेको थियो । बैठकमा भुकम्प प्रभावित परिवारको राहात स्वरुप जिल्ला प्रशासन कार्यालय बाजुराले ५० कम्वल र ५० त्रिपाल वितरण गरेको छ भने नेपाल रेडक्रस जिला शाखा बाजुराले ९ वटा त्रिपाल वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताए ।

त्यसैगरी पुष छ गते गएको भुकम्पबाट वडा,स्थानी पालिका र नेपाल प्रहरीले पूर्ण आंशिक र सामान्य क्षेती भएका घरको एकिन विवरण उपलब्ध गराउने सोही आधारमा पूर्ण क्षेती भएका घर निर्माणका लागि पहिलो किस्ता वापत २५ हजार रुपैंयाका दरले उपलब्ध गराउने निर्णय भएको सहायक प्रजिअ मण्डलले जानकार िगराए ।

गत वर्ष माघ १० गते जाजरकोटमा गएको भुकम्पको प्रभाव बाजुरामा पानि परेको सोबाट प्रभावित भुकम्पपिडतले हाल सम्म राहात दिन नसकेको जनाएको छ। विपद रकम (मञ्सुनजन्य- भुकम्प -मान्य राहात माग सम्बन्धमा पटक पटक मन्त्रालयमा माग भएको मा हाल सम्म पनि प्राप्त नभएकोले पुनः सोही रकम माग गर्ने निर्णय गरी पठाएको ब्यहोरा प्राप्त निर्णयमा उललेख गरिएको छ ।

जिल्लाले जिल्लाका प्राकृतिक प्रकोपजन्य तमाम समस्य समाधान गर्न तालुकी मन्त्रालयमा निर्णय सहित ध्यानाकर्षण गराएपनि मन्त्रलयबाट सुनाई नहुदा प्रभावित नागरिक राज्यको सेवा र सुविधाबाट बञ्चित हुनुपरेको अधिकारीहरुले बताएका छन् ।

पुष ६ गते विहान ४ बजेर १४ मिनेटमा जगन्नाथ गाउँपालिकाको वडा नं पाँचलाई केन्द्रविन्दु बनाएर ५२ रेक्टर स्केलको भुकम्प गएको भुकम्पमापन केन्द्रले जनाएको छ। भुकम्पबाट सोही पालिकाको वडा नं २,३,४ र ६ लगायत आसपासका स्वामिकार्तिक खापार गाउँपालिका र बुढिनन्दा नगरपालिकामा भौतिक क्षेती भएको थियो ।

पछिल्लो समयमा बाजुरालगायत पश्चिम पहाडी जिल्लामा बारम्वार भुकम्प जाँदा स्थानीयवासीन्दा त्रसित भएका छन् भने कयौं बढिपिडित तथत भुकम्प प्रभावितले हाल सम्म रात नपाउँदा त्रिपालमुनिको रातमा कठ्याग्रीन विवश छन् । चिसोकाकारण दमका बिरामी लगायत दीघरागी बढि प्रभावित भएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register