ट्रम्प र पुटिनबीच ९० मिनेट फोनवार्ता, के भयो सहमति ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले युक्रेन युद्धको बारेमा ९० मिनेट फोनवार्ता भएको छ । वार्तापछि ह्वाइट हाउसले विवरण जारी गर्दै पुटिनले ३० दिनसम्म युक्रेनको ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगर्ने सहमति जनाएको बताएको छ । यसका साथै, मार्च १९ मा रूस र युक्रेनबीच १७५-१७५ सैनिक आदानप्रदान गर्न सहमति भएको छ । […]

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले युक्रेन युद्धको बारेमा ९० मिनेट फोनवार्ता भएको छ ।
वार्तापछि ह्वाइट हाउसले विवरण जारी गर्दै पुटिनले ३० दिनसम्म युक्रेनको ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगर्ने सहमति जनाएको बताएको छ । यसका साथै, मार्च १९ मा रूस र युक्रेनबीच १७५-१७५ सैनिक आदानप्रदान गर्न सहमति भएको छ ।
“राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन र रुसले ऊर्जा पूर्वाधारमा आक्रमण ३० दिनको लागि रोक्ने डोनाल्ड ट्रम्पको सुझावलाई समर्थन गर्नुभयो,” विज्ञप्तिमा भनिएको छ।
साथै, ब्ल्याक सीमा जहाजहरूको सुरक्षाको मुद्दामा छलफल भएको छ ।
क्रेमलिनले दुई राष्ट्रपतिले युक्रेन मुद्दाको बारेमा विस्तृत छलफल भएको बताएको छ । दुई नेताहरूले विश्वव्यापी सुरक्षा र सम्बन्धलाई सामान्यीकरण गर्ने बारेमा पनि छलफल भयो ।
पुटिनका व्यापार प्रतिनिधि किरिल दिमित्रीभले भने, “आज राष्ट्रपति पुटिन र ट्रम्पको नेतृत्वमा संसार धेरै सुरक्षित ठाउँ बनेको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की सैन्य सहयोगको बारेमा वार्ता गर्न फिनल्याण्ड आइपुगेका छन् । यहाँ उनले युक्रेनमा हतियार उत्पादनमा लगानी र युरोपसँगको एकीकरणको बारेमा छलफल गर्नेछन् ।”
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले पुटिनले संयुक्त राज्य अमेरिका र युरोपले युक्रेनलाई हतियार आपूर्ति बन्द गरोस् भन्ने चाहेको बताएको छ ।
रुसले भन्यो – नाटोले युक्रेनलाई सदस्यता नदिने वाचा गर्नुपर्छ
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ३० दिने युद्धविराम प्रस्तावमा सहमति जनाएका छन् । रूसले पनि सैद्धान्तिक रूपमा सहमति जनाएको छ ।
यद्यपि, रुसी उपविदेशमन्त्री अलेक्जेन्डर ग्रुश्को भन्छन्, “हामीले युक्रेन तटस्थ स्थितिमा रहनेछ भन्ने ठोस ग्यारेन्टी पाउनुपर्छ, नाटो देशहरूले युक्रेनलाई सदस्यता नदिने वाचा गर्नुपर्नेछ ।”
रुसले विगत तीन वर्षमा युक्रेनको लगभग २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । पुटिनले युक्रेनका चार पूर्वी प्रान्तहरू – डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन – लाई रूसमा गाभेका छन् । जबकि रुसको कुर्स्क क्षेत्रमा दुई सेनाबीचको द्वन्द्व जारी छ ।
What's Your Reaction?






