अजरबैजान एअरलाइन्सको विमान रुसले खसालेको हो ?

काठमाडौं । धेरै सैन्य ब्लगर र उड्डयन विशेषज्ञहरूले रुसले बुधबार दुर्घटनाग्रस्त अजरबैजान एअरलाइन्सको विमानलाई गोली हानेको आरोप लगाएका छन् । यो विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित ६७ जना सवार थिए । रुसको विरुद्धमा अहिलेसम्म कुनै प्रमाण नभेटिए पनि विज्ञहरूले रुसको वायु रक्षाले यो विमान युक्रेनी ड्रोन भएको भन्दै […]

Dec 26, 2024 - 16:59
 0
अजरबैजान एअरलाइन्सको विमान रुसले खसालेको हो ?

काठमाडौं । धेरै सैन्य ब्लगर र उड्डयन विशेषज्ञहरूले रुसले बुधबार दुर्घटनाग्रस्त अजरबैजान एअरलाइन्सको विमानलाई गोली हानेको आरोप लगाएका छन् ।

यो विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित ६७ जना सवार थिए ।

रुसको विरुद्धमा अहिलेसम्म कुनै प्रमाण नभेटिए पनि विज्ञहरूले रुसको वायु रक्षाले यो विमान युक्रेनी ड्रोन भएको भन्दै खसालेको आरोप लगाइरहेका छन् ।

केही प्रत्यक्षदर्शीले पनि विस्फोटको आवाज सुनेको बताएका छन् ।

सोही क्रममा दुर्घटनाग्रस्त विमानमा केही भागमा बमको छर्राका कारण प्वाल परेको देखाइएको छ । जुन गोली हानेर बनाइएको भन्ने दाबी छ ।

कतिपयले यो विमान युक्रेनी ड्रोन आक्रमणको सिकार भएको वा नेभिगेसन प्रणाली जानाजान जाम गरिएको दाबी पनि गरेका छन् ।

यसैबीच रुस सरकारले अनुसन्धान प्रतिवेदन आउनुअघि नै अनुमान लगाउनु गलत भएको बताएको छ ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भने, ”अनुसन्धान समाप्त हुनुअघि कुनै पनि परिकल्पनालाई अगाडि बढाउनु गलत हुनेछ । हामी यो पटक्कै गर्दैनौं । अरू कसैले यो गर्नु पनि हुँदैन । हामीले अनुसन्धान पूरा नभएसम्म पर्खनुपर्छ ।”

समाचार एजेन्सी रोयटर्सकाअनुसार विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

रोयटर्स समाचार एजेन्सीले प्रमाणित गरेको भिडिओमा ल्यान्डिङ गियर डाउन भएको विमान तीव्र गतिमा जमिनतर्फ गइरहेको देखिन्छ ।

घटनामा दुई बालबालिकासहित २९ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो ।

दुर्घटनामा बाँचेका एक यात्रुले रुसी टिभीलाई भने, ”सम्भवतः ग्रोज्नीमा बाक्लो कुहिरोमा पाइलटले दुई पटक विमान अवतरण गर्ने प्रयास गरे, तर तेस्रो प्रयास अघि केही विस्फोट भयो… विमानको एक भाग उड्यो र टुक्रा भयो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register