सिद्धार्थ बैंकको ऋण काण्डः जब ऋण तिर्न जाँदा जग्गा नै अर्कैलाई बेचिदिएको थाहा भयो…

काठमाडौँ । बिहीबार ऋणीहरुले बैंक घेराउ गरेपछि जनकपुरस्थि सिद्धार्थ बैंकको मिल्स एरिया शाखाका शाखा प्रबन्धक अरन बल्मप्याकी र कर्जा अधिकृतलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । बैंकका मेनेजरसहित कर्जा अधिकृतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक संजिव कुमार यादवले पुष्टि गरेका छन् । प्रहरी निरीक्षक यादवले अर्थ सरोकारसँग कुराकानी गर्दै उनीहरुलाई […]

Dec 27, 2024 - 03:08
 0
सिद्धार्थ बैंकको ऋण काण्डः जब ऋण तिर्न जाँदा जग्गा नै अर्कैलाई बेचिदिएको थाहा भयो…

काठमाडौँ । बिहीबार ऋणीहरुले बैंक घेराउ गरेपछि जनकपुरस्थि सिद्धार्थ बैंकको मिल्स एरिया शाखाका शाखा प्रबन्धक अरन बल्मप्याकी र कर्जा अधिकृतलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बैंकका मेनेजरसहित कर्जा अधिकृतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक संजिव कुमार यादवले पुष्टि गरेका छन् ।

प्रहरी निरीक्षक यादवले अर्थ सरोकारसँग कुराकानी गर्दै उनीहरुलाई अरु कारणले भन्दा पनि स्थानीयले बैंक घराउ गरेर तोडफोड गर्ने परिस्थिति सृजना भएपछि सुरक्षाका लागि नियन्त्रणमा लिएको बताएका छन् । यता बैंकका कर्मचारीले पनि एक्कासी सयौँको संख्यामा हुल बाँधेर स्थानीय आएर बैंकमा नाराबाजी गर्दै तोडफोड गर्ने प्रयास भएपछि आफ्नो मेनेजरलाई प्रहरीले लगेको बताएका छन् ।

कसरी सुरु भयो स्थानीयको आन्दोलन ?
जनकपुरस्थित सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट दिनेश राय कुर्मीले जग्गा धितो राखेर ३५ लाख रुपैयाँ ऋण लिएका थिए । आफूले बैंकबाट लिएको ऋणको साँवा र ब्याजसमेत समयमा तिर्दै आएको कुर्मीले बताएका छन् ।

कुर्मीका अनुसार नियमित किस्ता तिरिरहँदा पनि उनलाई बैंकका कर्मचारीले छिटो ऋण तिर्न ताकेत गरिरहेका थिए ।

त्यहीबीच कुर्मीले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने भन्दै एक हप्ताको समय मागे । तर, बिहीबार जब कुर्मी बैंकबाट लिएको ऋणको साँवा र ब्याज तिर्न भन्दै बैंक पुगे त्यसबेला उनले आफ्नो जग्गा बैंकले लिलामीमा चढाइसकेको थाहा पाए । त्यसबेलासम्म बैंकले कुर्मीको किस्ता नियमित नभएको भन्दै लिलामीको सूचना निकालिसकेको थियो । यतिसम्म कि कुर्मीले आफूले ऋणको किस्ता समयमा तिर्दातिर्दै पनि मेनेजरको मिलेमतोमा आफ्नो जग्गा हड्प्ने खेल भएको आरोप लगाएका छन् ।

त्यसपछि कुर्मीले स्थानीय र जनकपुर उद्योग वाणिज्य संघको सहयोगमा प्रदर्शन गरेका थिए । भीडले उग्ररुप लिएपछि अन्ततः प्रहरीले सुरक्षाका लागि भन्दै बैंकका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register