टिकटकले “फर यु फीड”लाई व्यक्तिगत र सुरक्षित बनाउन ल्यायो नयाँ टुल

काठमाडौं । टिकटकले “फर यु फीड” (FYF) लाई अझ व्यक्तिगत बनाउन युजरहरूलाई अझ धेरै नियन्त्रण दिने नयाँ टुलहरू ल्याएको छ । यी अपडेट प्रयोगकर्तालाई बलियो बनाउने निरन्तर प्रतिबद्धताको हिस्सा हुन्, जसले मानिसहरूलाई आफ्ना रूचिअनुसार अझ गहिरो रूपमा खोजी गर्न, नचाहिएका कन्टेन्टहरू सीमित गर्न र सिफारिसले कसरी काम गर्छ भन्ने कुरा बुझ्न सहयोग गर्ने कम्पनीले जनाएको […]

Jun 5, 2025 - 08:21
 0
टिकटकले “फर यु फीड”लाई व्यक्तिगत र सुरक्षित बनाउन ल्यायो नयाँ टुल

काठमाडौं । टिकटकले “फर यु फीड” (FYF) लाई अझ व्यक्तिगत बनाउन युजरहरूलाई अझ धेरै नियन्त्रण दिने नयाँ टुलहरू ल्याएको छ । यी अपडेट प्रयोगकर्तालाई बलियो बनाउने निरन्तर प्रतिबद्धताको हिस्सा हुन्, जसले मानिसहरूलाई आफ्ना रूचिअनुसार अझ गहिरो रूपमा खोजी गर्न, नचाहिएका कन्टेन्टहरू सीमित गर्न र सिफारिसले कसरी काम गर्छ भन्ने कुरा बुझ्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

FYF टिकटक एक्सपिरियन्सको केन्द्रबिन्दु हो, जसले मानिसहरूलाई कन्टेन्ट, कम्युनिटी र उनीहरू लाई मनपर्ने क्रियटरसँग कनेक्ट गर्दछ । नेपालमा पनि यसले नयाँ पुस्ताका क्रियटर र उद्यमीहरूको अडियन्स बढाउने र आफ्नो करिअर विस्तार गर्न सहयोग पुर्‍याएको टिकटकले जनाएको छ ।

सारिका न्यौपाने ( Lil.foodie__ ) को खानासम्बन्धी कन्टेन्टदेखि सिम्पल खरेलका ट्रेन्डी र एस्थेटिक भिडिओहरू, भास्कर महर्जन (Roaming Around Nepal) का यात्रा र गन्तव्य सम्बन्धी टिप्सदेखि Wangyalcoolfilmy का फिल्म रिभ्यू अनि सुभम र स्वेक्क्षा ( Love.eat.repeatt ) का खानासम्बन्धी कन्टेन्टहरूसम्म FYF मार्फत देशभरका क्रियटरहरू फस्टाइरहेका छन् ।

म्यानेज टपिक्स

टिकटकले म्यानेज टपिक्स नामक नयाँ फिचर ल्याएको छ, जसले योगकर्ताहरुलाई क्रियटिभ आर्ट्स, ट्राभल, नेचर, स्पोर्ट्सलगायत १० भन्दा बढी लोकप्रिय श्रेणीका भिडियोहरू कति पटक देखिने भनेर समायोजन गर्न मद्दत गर्छ ।

कन्टेन्ट पूर्ण रूपमा हटाइने छैन, तर अब युजरले आफ्नो बदलिँदो रूचिअनुसार भिजिबिलिटी मिलाउन सक्छन् र यसले आफूले रुचाउने विषयका क्रियटर खोज्न सजिलो हुनेछ ।

स्मार्ट किवर्ड फिल्टर

टिकटकले अहिले स्मार्ट किवर्ड फिल्टर्सको सुविधा पनि ल्याएको छ, जुन AI प्रविधिमा आधारित छ । यो फिचरले हाल प्रयोगमा रहेका २०० मिलियन शब्दहरू ब्लक गर्ने प्रणालीलाई अझ सशक्त बनाउँदै पर्यायवाची शब्द र मिल्दोजुल्दो शब्दहरूलाई पनि अझै सटिक र कन्ट्रोल गर्न मिल्ने गरी समावेश गर्दछ ।

आउने केही महिनामा यो सीमा १०० शब्दबाट बढाएर २०० किवर्ड पुर्‍याइनेछ र युजरले आफ्नो सहजता अनुसार बल्क एडिटिंग गर्न सक्ने गरी सुविधा थपिने कम्पनीले जनाएको छ ।

FYF बुझ्नका लागि एजुकेसनल गाइड

पारदर्शिता बढाउनको लागि टिकटकले एक शैक्षिक गाइड जारी गर्दैछ, जसले FYF लाई बुझ्न र व्यवस्थापन गर्न टुल र टिप्सहरूलाई एकीकृत गर्दछ । यो टिकटकको निरन्तर प्रयासको एक हिस्सा हो, जसले मानिसहरूलाई फर यु फिडले कसरी काम गर्छ भनेर बुझ्न मद्दत गर्दछ । यसमा कन्टेन्ट किन सिफारिस गरिएको थियो भनेर देखाउने फिचरहरू र विश्वभर १८ करोड भन्दा बढी भ्यूहरू प्राप्त गरेका शैक्षिक भिडिओ पनि समावेश छन् ।

टिकटकका प्रवक्ताले भने, “फर यु फीडले टिकटकलाई अरू सबै प्लेटफर्मभन्दा फरक बनाउँछ जहाँ तपाईंले आफूलाई मनपर्ने विषयवस्तु पत्ता लगाउन सक्नुहुन्छ या आफ्नै कम्युनिटी निर्माण गर्न सक्नुहुन्छ । हामी मानिसलाई उनीहरूले मन पराउने कन्टेन्ट, क्रियटर र विषयहरू सुरक्षित र व्यक्तिगत वातावरणमा खोज्न सघाउने नयाँ टुल ल्याउन पाउँदा अति उत्साहित छौं ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register