५ महिनामा सेयर बजारबाट सरकारले उठायो ९ अर्ब बढि राजश्व

काठमाडौँ । पछिल्लो ५ महिनामा सरकारले सेयर कारोबारबाट ९ अर्ब बढि पुँजीगत लाभकर संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा सेयर कारोबारबाट सरकारले कुल ९ अर्ब २४ करोड ७ लाख २६ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो । यो पाँच महिनामा सरकारले सेयर कारोबारबाट साउन महिनामा सबैभन्दा धेरै पुँजीगत लाभकर उठाएको […]

Dec 29, 2024 - 02:39
 0
५ महिनामा सेयर बजारबाट सरकारले उठायो ९ अर्ब बढि राजश्व

काठमाडौँ । पछिल्लो ५ महिनामा सरकारले सेयर कारोबारबाट ९ अर्ब बढि पुँजीगत लाभकर संकलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा सेयर कारोबारबाट सरकारले कुल ९ अर्ब २४ करोड ७ लाख २६ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो ।

यो पाँच महिनामा सरकारले सेयर कारोबारबाट साउन महिनामा सबैभन्दा धेरै पुँजीगत लाभकर उठाएको छ । साउनमा सरकारले सेयर कारोबारबाट ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।

त्यस्तै, सरकारले भदौमा २ अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, कार्तिकमा ७५ करोड ८७ लाख र मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register