विदेशी विद्यार्थीलाई अमेरिकाले भिसा नदिने ! 

काठमाडौँ । अमेरिकाले विद्यार्थी भिसामाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशी मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरुलाई पत्र लेख्दै विदेशी विद्यार्थीहरुलाई भिसा नदिन निर्देशन दिएको हो ।  अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले अर्को निर्णय नहुन्जेलसम्म विद्यार्थी भिसामाथि अस्थायी रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।  तर, कहिलेसम्म विदेशी विद्यार्थीलाई भिसा नदिने भन्ने अमेरिकाले प्रस्ट्याएको छैन […]

May 28, 2025 - 03:28
 0
विदेशी विद्यार्थीलाई अमेरिकाले भिसा नदिने ! 

काठमाडौँ । अमेरिकाले विद्यार्थी भिसामाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेशी मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरुलाई पत्र लेख्दै विदेशी विद्यार्थीहरुलाई भिसा नदिन निर्देशन दिएको हो । 

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले अर्को निर्णय नहुन्जेलसम्म विद्यार्थी भिसामाथि अस्थायी रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ । 

तर, कहिलेसम्म विदेशी विद्यार्थीलाई भिसा नदिने भन्ने अमेरिकाले प्रस्ट्याएको छैन । यसको अर्थ विदेशी विद्यार्थीलाई भिसा दिने काम अनिश्चितकालका लागि बन्द भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ । 

यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वविद्यालय र विद्यार्थीहरुमाथि पछिल्लो केही सातायता दबाब बढाउँदै आएका छन् । त्यही दबाबबीच विदेशी विद्यार्थीलाई भिसा नदिने निर्णयले अमेरिकामा अध्ययन गर्न चाहने र तयारी गरिरहेका विदेशी विद्यार्थीहरु तनावमा परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register