इंग्ल्यान्डमा भएका सबै अभ्यास खेलमा नेपाली क्रिकेटलाई जित

लन्डन- स्कटल्यान्डमा आइसिसी विश्वकप लिग-२ सिरिज खेल्न हाल बेलायत रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डमा भएका सबै अभ्यास खेलमा जित हासिल गरेको छ। सोमबार राति ग्ल्यामोरगनविरूद्धको अभ्यास खेलमा नेपालले डिएलएस मेथडमा ५० रनको जित निकाल्यो। २९६ रनको पछ्याएर ग्ल्यामोरगनले ब्याटिङ गर्दा वर्षा भएको थियो। त्यसपछि २३३ रनको लक्ष्य पछ्याएको टोली १८२ रनमा अलआउट भयो। उसका […]

May 27, 2025 - 11:18
 0
इंग्ल्यान्डमा भएका सबै अभ्यास खेलमा नेपाली क्रिकेटलाई जित

लन्डन- स्कटल्यान्डमा आइसिसी विश्वकप लिग-२ सिरिज खेल्न हाल बेलायत रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डमा भएका सबै अभ्यास खेलमा जित हासिल गरेको छ।

सोमबार राति ग्ल्यामोरगनविरूद्धको अभ्यास खेलमा नेपालले डिएलएस मेथडमा ५० रनको जित निकाल्यो।

२९६ रनको पछ्याएर ग्ल्यामोरगनले ब्याटिङ गर्दा वर्षा भएको थियो। त्यसपछि २३३ रनको लक्ष्य पछ्याएको टोली १८२ रनमा अलआउट भयो। उसका लागि हेनरीले ४२ रन बनाए भने बलिङमा नेपालका कुशल भुर्तेलले ४ विकेट लिए।

नन्दन यादवले २ विकेट हात पार्दा रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाको नाममा एक एक विकेट रह्यो। 

पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटमा २९५ रन बनायो। नेपालका लागि भीम सार्कीले ९२ रन, रोहित पौडेलले ६१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ४९ रन बनाए।

यसअघि नेपालले ग्लोसेस्टरशायरसँगको दुई टी-२० खेल, एमसिसी र कार्डिफको न्यू पोर्ट क्रिकेट क्लबसँग पनि जित हासिल गरेको थियो।

अब नेपाली टोली स्कटल्यान्ड जानेछ। नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ। 

लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।

लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register