भारतको मौसम विभागद्वारा बढी वर्षा हुने चेतावनी जारी

झापा, १४ जेठ । भारतको मौसम विभागले पनि यस वर्ष मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने चेतावनी जारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम रविचन्द्रनले जुनमा १०६ प्रतिशतभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएका छन्। मध्य प्रदेश, छत्तीसगढ, महाराष्ट्र, ओडिसा र वरपरका क्षेत्रमा यसपटक सामान्यभन्दा बढी वर्षा हुने सम्भावना देखिएको हो। पन्जाब, [...] The post भारतको मौसम विभागद्वारा बढी वर्षा हुने चेतावनी जारी appeared first on Jhapa Online.

May 28, 2025 - 02:05
 0
भारतको मौसम विभागद्वारा बढी वर्षा हुने चेतावनी जारी

झापा, १४ जेठ । भारतको मौसम विभागले पनि यस वर्ष मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने चेतावनी जारी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम रविचन्द्रनले जुनमा १०६ प्रतिशतभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएका छन्। मध्य प्रदेश, छत्तीसगढ, महाराष्ट्र, ओडिसा र वरपरका क्षेत्रमा यसपटक सामान्यभन्दा बढी वर्षा हुने सम्भावना देखिएको हो।

पन्जाब, हरियाणा, केरला र तमिलनाडुका केही क्षेत्रमा भने सामान्यभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। यसपटक भारतमा मनसुन सरदर मितिभन्दा एक हप्ताअघि नै मनसुन सुरु भइसकेको छ। नेपालमा पनि चाँडै मनसुन भित्रिँदै गरेको यहाँका मौसमविद्ले बताएका छन्।

The post भारतको मौसम विभागद्वारा बढी वर्षा हुने चेतावनी जारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register