साई स्वागत सहकारी ठगी प्रकरणः पीडितसँगको मिलापत्रपछि अध्यक्ष र कोषाध्यक्ष हिरासतबाट छुटे

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका साई स्वागत सहकारीकाका अध्यक्ष भरत जंगम रिहा भएका छन् । पीडितसँगको मिलापत्रपछि जंगमलाई गत शुक्रबार नै रिहा गरिएको हो । जंगमसँगै सहकारीका तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर […]

Dec 30, 2024 - 08:39
 0
साई स्वागत सहकारी ठगी प्रकरणः पीडितसँगको मिलापत्रपछि अध्यक्ष र कोषाध्यक्ष हिरासतबाट छुटे

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका साई स्वागत सहकारीकाका अध्यक्ष भरत जंगम रिहा भएका छन् ।

पीडितसँगको मिलापत्रपछि जंगमलाई गत शुक्रबार नै रिहा गरिएको हो । जंगमसँगै सहकारीका तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर पीडितसँग मिलापत्र गरेपछि जंगम र दाहाललाई छोडिएको हो । उनीहरु दुवैजनालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रहोबरमा रिहा गरिएको हो ।

सहकारीका अध्यक्ष जंगम र कोषाध्यक्ष दाहाललाई पीडितको उजुरीका आधारमा प्रहरीले पुष ७ गते पक्राउ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register