भीम रावलले नयाँ पार्टी घोषणा गर्दै, एमाले र कांग्रेसका असन्तुष्ट नेता सामेल हुने !

काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका नेता भीम रावलले नयाँ पार्टी बनाउने भएका छन् । उनले नयाँ पार्टी घोषणा गर्नका लागि आगामी बुधबार पत्रकार सम्मेलन बोलाएका छन् । कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ । रावलको सचिवालयका अनुसार उक्त पत्रकार सम्मेलनमा पार्टी घोषणा गर्नका लागि आन्तरिक गृहकार्य भइरहेको छ । […]

Dec 30, 2024 - 08:39
 0
भीम रावलले नयाँ पार्टी घोषणा गर्दै, एमाले र कांग्रेसका असन्तुष्ट नेता सामेल हुने !

काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका नेता भीम रावलले नयाँ पार्टी बनाउने भएका छन् ।

उनले नयाँ पार्टी घोषणा गर्नका लागि आगामी बुधबार पत्रकार सम्मेलन बोलाएका छन् । कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ ।

रावलको सचिवालयका अनुसार उक्त पत्रकार सम्मेलनमा पार्टी घोषणा गर्नका लागि आन्तरिक गृहकार्य भइरहेको छ । उनले अहिले आफू समर्थक विभिन्न नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् ।

रावलको टेलिफोन उठाएका सचिवालयका व्यक्तिले पत्रकार सम्मेलन आयोजना गरिएको र त्यहाँबाट केही नयाँ घोषणा हुने बताए । उनले भने, ‘उहाँ अहिले छलफलमा हुनुहुन्छ । बुधबार पत्रकार सम्मेलन बोलाएको पक्का हो । त्यहीबाट विशेष घोषणा गर्नका लागि उहाँले भेटघाट तीव्र पार्नु भएको छ ।’

नयाँ पार्टी घोषणा गर्न लागेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘अब जे पनि हुन सक्छ । त्यही पत्रकार सम्मेलनबाट नै धेरै कुरा थाहा हुन्छ ।’

रावल निकट स्रोतका अनुसार पार्टी खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ । अहिले त्यसको साङ्गठनिक स्वरूपबारे छलफल भइरहेको छ ।

रावलको नयाँ पार्टीमा सुदूरपश्चिमका नेकपा एमाले र काङ्ग्रेसमा असन्तुष्ट रहेका केही नेता सहभागी हुने सम्भावना रहेको बताइएको छ । यद्यपि नयाँ पार्टीमा कोको नेता सहभागी हुने भनेर  अहिलेसम्म टुङ्गो लागिसकेको भने छैन ।

नेकपा एमालेले पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै अघिल्लो हप्ता रावललाई सङ्गठित सदस्यबाट समेत निस्कासित गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register