जैसवाल आउट भएकोमा विवाद, बीसीसीआईका उपाध्यक्षले भने – ‘क्लियर नटआउट’

काठमाडौं । मेलवर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । खेलका क्रममा भारतीय ब्याट्सम्यान यशस्वी जैसवाललाई आउट दिएपछि विवाद सुरु भएको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले थर्ड अम्पायरको निर्णयमाथि प्रश्न उठाएका छन् । उनले एक्समा लेखेका छन्, “यशस्वी जैसवाल स्पष्ट रूपमा नटआउट थिए । तेस्रो अम्पायरले टेक्नोलोजीले के सुझाव दिइरहेको थियो, त्यसमा ध्यान दिनुपर्थ्यो। तेस्रो […]

Dec 30, 2024 - 09:21
 0
जैसवाल आउट भएकोमा विवाद, बीसीसीआईका उपाध्यक्षले भने – ‘क्लियर नटआउट’

काठमाडौं । मेलवर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । खेलका क्रममा भारतीय ब्याट्सम्यान यशस्वी जैसवाललाई आउट दिएपछि विवाद सुरु भएको छ ।

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले थर्ड अम्पायरको निर्णयमाथि प्रश्न उठाएका छन् ।

उनले एक्समा लेखेका छन्, “यशस्वी जैसवाल स्पष्ट रूपमा नटआउट थिए । तेस्रो अम्पायरले टेक्नोलोजीले के सुझाव दिइरहेको थियो, त्यसमा ध्यान दिनुपर्थ्यो। तेस्रो अम्पायरले निर्णय दिँ दा ठोस कारणहरू हुनुपर्छ।”

वास्तवमा विकेटकिपरले अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले फालेको बल क्याच गरे, जसमा आउटको अपील गरिएको थियो । तर, फिल्ड अम्पायरले यशस्वी जैसवाललाई नटआउट घोषित गरे ।

यसपछि अष्ट्रेलियाका कप्तानले डीआरएस लिए र निर्णय तेस्रो अम्पायरतर्फ गयो  । तेस्रो अम्पायरले जैसवाललाई आउट घोषित गरे । जैसवाल ८४ रन बनाएर आउट भए । उनले भारतका लागि सर्वाधिक रन बनाएका थिए ।

तेस्रो अम्पायरको यो निर्णयलाई लिएर विवाद भएको छ ।

यस खेलमा अष्ट्रेलियाले भारतलाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो तर भारतीय टोली १५५ रनमै सीमित भयो । योसँगै अष्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीमा २–१ को अग्रता बनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register