बाग्मती प्रदेशका खानेपानीमन्त्रीले दिए राजीनामा

काठमाडौँ । बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई मंगलबार उनले राजीनामा बुझाएका हुन् । कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिएका छन् । यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा […]

Jul 29, 2025 - 13:06
 0
बाग्मती प्रदेशका खानेपानीमन्त्रीले दिए राजीनामा
काठमाडौँ । बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई मंगलबार उनले राजीनामा बुझाएका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिएका छन् ।
यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका थिए । सोही दिन मुख्यमन्त्री लामाले चारै मन्त्रीलाई पदमुक्त गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register