कोशी प्रदेशमा ट्राफिक नियम मिच्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई कारवाही

झापा, १३ साउन । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउँदै सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको नेतृत्वमा १४ जिल्लाका ९६ ट्राफिक इकाईमार्फत दैनिक कार्य सञ्चालन भइरहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक प्रहरीले प्रदेशभर २६ हजार २९३ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमबाट ६ लाख १६ [...] The post कोशी प्रदेशमा ट्राफिक नियम मिच्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई कारवाही appeared first on Jhapa Online.

Jul 29, 2025 - 15:43
 0
कोशी प्रदेशमा ट्राफिक नियम मिच्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई कारवाही

झापा, १३ साउन । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउँदै सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको नेतृत्वमा १४ जिल्लाका ९६ ट्राफिक इकाईमार्फत दैनिक कार्य सञ्चालन भइरहेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक प्रहरीले प्रदेशभर २६ हजार २९३ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमबाट ६ लाख १६ हजारभन्दा बढी सवारी चालक, सहचालक, विद्यार्थी तथा सर्वसाधारण लाभान्वित भएका छन्।

प्रदेशका मुख्य तथा सहायक मार्गहरूमा ९३२ स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। झापाको झिलझिले, विराटनगरको दूधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर (ANPR) सहितको क्यामेरा जडान गरिएको छ। भारतबाट आउने तथा लामो दूरीका सवारीसाधन जाँचका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एपसहितको चेकजाँच व्यवस्था गरिएको छ। सार्वजनिक सवारीको गति नियन्त्रणका लागि २१ स्थानमा टाइम कार्ड प्रणाली लागू गरिएको छ।

सवारी नियम उल्लंघनलाई पारदर्शी बनाउन TVRS र E-challan प्रणाली कार्यान्वयनमा ल्याइएको छ। लागूऔषध तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटना न्यूनीकरणका लागि ‘लापसे’ तथा ‘मापसे’ जाँच कडाइका साथ गरिएको छ भने तीव्र गतिमा चलाइएका सवारीसाधनको निगरानीका लागि राडरगन प्रयोग गरिएको छ।

दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही रहेको तथ्यांकले देखाएको छ। तीव्र गति, मोबाइल प्रयोग, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, अधिक भार तान्ने, हेल्मेटको फिता नबाँध्ने, सिट बेल्ट नलगाउने, मादक पदार्थ सेवन, थकित अवस्था, अनुमतिपत्रविना सवारी सञ्चालन लगायतका कारणले दुर्घटना बढेको छ।

उक्त आर्थिक वर्षमा कोशी प्रदेशमा ४१८ जनाको मृत्यु भएको छ भने ७११ जना गम्भीर र ८ हजार ५३० जना सामान्य घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने २ लाख १३ हजार ६९५ सवारीसाधनलाई कारबाही गरी १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरिएको छ।

ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नभएको भन्दै सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको ट्राफिक कार्यालयले जनाएको छ। “म जिम्मेवार चालक, हामी जिम्मेवार यात्रु — सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी” भन्ने नारासहित ट्राफिक प्रहरीले जनचेतनामूलक अभियानलाई निरन्तरता दिइरहेको छ।

The post कोशी प्रदेशमा ट्राफिक नियम मिच्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई कारवाही appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register