फाल्गुनन्द गोल्डकपका सर्वोत्कृष्ट खेलाडी समीरले पाए विद्युतीय स्कूटर

पाँचथर । पाँचथरको फिदिममा सोमबार सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फूटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंका फरवार्ड समीर तामाङले विद्युतीय स्कूटर प्राप्त गरेका छन् । सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले विजय हासिल गरेको हो । फाइनल खेलको पाँच मिनेट अतिरिक्त समयमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै […]

Dec 31, 2024 - 00:38
 0
फाल्गुनन्द गोल्डकपका सर्वोत्कृष्ट खेलाडी समीरले पाए विद्युतीय स्कूटर

पाँचथर । पाँचथरको फिदिममा सोमबार सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फूटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंका फरवार्ड समीर तामाङले विद्युतीय स्कूटर प्राप्त गरेका छन् ।

सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले विजय हासिल गरेको हो । फाइनल खेलको पाँच मिनेट अतिरिक्त समयमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै उपाधि यात्रा तय गरेका तामाङले विद्युतीय स्कूटर प्राप्त गरेका थिए ।

फाइनल खेलमा मछिन्द्र फूटबल क्लबले अग्रता लिएको थियो । खेलको ४५औँ मिनेटमा गोल गर्दै बिजु भुजेलले मछिन्द्रलाई अग्रता दिलाएका थिए । ७८औँ मिनेटमा गोल गर्दै छिरिङ लामाले चर्च ब्वाइजलाई बराबरीमा फर्काएका थिए । शनिष श्रेष्ठले ८८औँ मिनेटमा गोल गर्दै पुनः मछिन्द्रलाई अग्रता दिलाए ।

खेलमा थप गरिएको पाँच मिनेट अतिरिक्त समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई हारबाट बचाएका थिए । प्रतियोगितामा कूल पाँच गोल गरेर सर्वाधिक गोलकर्ता बनेका तामाङले विद्युतीय स्कूटर र सर्वाधिक गोलकर्ताका रूपमा १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दीपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदीयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनीष क्षेत्री घोषित हुँदै १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरे । फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका सनिश श्रेष्ठ घोषित भए ।

प्रतियोगिताको विजेता टोली चर्च ब्वाइजले १० लाख तथा उपविजेता टोलीले पाँच लाख रुपैयाँ पुरस्कार, ट्रफी, मेडल र प्रामाणपत्र प्राप्त गरे ।  फिदिम नगरपालिका मुख्य प्रवर्द्धक रहेको फाल्गुनन्द गोल्डकप ६ वर्षपछि पुनः सञ्चालनमा आएको हो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register