सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि रविसहितका प्रतिवादीतर्फको बहस

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (शुक्रबार)देखि प्रतिवादीहरूतर्फको बहस सुरु हुँदैछ । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीतर्फको बहस हुन लागेको हो । अब आजदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार जाहेरवालाका तर्फबाट बहस सकिएको थियो । जिल्ला अदालतका न्यायाधीश नितिज राईको […]

Jan 3, 2025 - 04:47
 0
सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि रविसहितका प्रतिवादीतर्फको बहस

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (शुक्रबार)देखि प्रतिवादीहरूतर्फको बहस सुरु हुँदैछ ।

जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीतर्फको बहस हुन लागेको हो ।

अब आजदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार जाहेरवालाका तर्फबाट बहस सकिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बहस भइरहेको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो ।

बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।

स्वर्णलक्ष्मी सहकारी : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register