माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको कपन शाखाले सम्पन्न गर्यो कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको कपन शाखाले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कम्पनीको कपन शाखाको संयुक्त आयोजनामा २०८१ पौष १६ गते युवा विद्यार्थीहरुमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले बुढानीलकण्ठ नगरपालिका-१० स्थित […]

Jan 1, 2025 - 08:11
 0
माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको कपन शाखाले सम्पन्न गर्यो कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको कपन शाखाले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कम्पनीको कपन शाखाको संयुक्त आयोजनामा २०८१ पौष १६ गते युवा विद्यार्थीहरुमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले बुढानीलकण्ठ नगरपालिका-१० स्थित कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन, काठमाडौँमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register