सहारा नेपाल साकोसको शेयर पुँजी १ अर्ब ६७ करोड नाग्यो

झापा, १७ पुस । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (सहारा नेपाल साकोस) शेयर पुँजी १ अर्ब ६७ करोड नाघेको छ । संस्थाको आर्थिक वर्ष २०८०÷०८१ असार मसान्त सम्मको वित्तीय विवरण अनुसार कुल पुँजी तथा दायित्व १६ अर्ब ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर [...] The post सहारा नेपाल साकोसको शेयर पुँजी १ अर्ब ६७ करोड नाग्यो appeared first on Jhapa Online.

Jan 1, 2025 - 14:09
 0
सहारा नेपाल साकोसको शेयर पुँजी १ अर्ब ६७ करोड नाग्यो

झापा, १७ पुस । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (सहारा नेपाल साकोस) शेयर पुँजी १ अर्ब ६७ करोड नाघेको छ ।

संस्थाको आर्थिक वर्ष २०८०÷०८१ असार मसान्त सम्मको वित्तीय विवरण अनुसार कुल पुँजी तथा दायित्व १६ अर्ब ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी १ अरब ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्ब ७५ करोड ३७ लाख ६३ हजार २०८ रहेको छ ।

यसैबीच, आज दुर्गापुर सेवाकेन्द्रको एकाईगत साधारण सम्पन्न भएको छ । दहीझोडा समूह नं. १३ की अध्यक्ष खगेन्द्रमाया खनालको अध्यक्षता एवम् कनकाई वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्यमा इकाइगत सभा सम्पन्न भएको हो ।

इकाइगत सभामा अध्यक्षको प्रतिवदन संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले गरेका थिए भने संस्थाको नीति कार्यक्रम ऋण शाखा सदस्य नारायणप्रसाद काफ्ले र लेखापरीक्षणको प्रतिवेदन विर्ताबजार सेवा केन्द्र प्रमुख लोकेश भट्टराईले प्रस्तुत गर्नुभएको गरेको कार्यक्रमको सञ्चालन दुर्गापुर सेवा केन्द्रका प्रमुख जीवन सुवेदीले गरेका थिए ।

The post सहारा नेपाल साकोसको शेयर पुँजी १ अर्ब ६७ करोड नाग्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register