श्रमिक महिला दिवसः शिवसताक्षीका तीन महिला प्रधानाध्यापक सम्मानित

शिवसताक्षी, २६ फागुन । झापाको पर्यटकीयस्थल दोमुखामा ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ३ जना महिलालाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा शिवसताक्षी–१० स्थित दोमुखामा भएको अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम शिवसताक्षीका कार्यरत तीन विद्यालयका महिला प्रधानाध्यापकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक तारा लावती, श्रीजंग [...] The post श्रमिक महिला दिवसः शिवसताक्षीका तीन महिला प्रधानाध्यापक सम्मानित appeared first on Jhapa Online.

Mar 10, 2025 - 03:43
 0
श्रमिक महिला दिवसः शिवसताक्षीका तीन महिला प्रधानाध्यापक सम्मानित

शिवसताक्षी, २६ फागुन । झापाको पर्यटकीयस्थल दोमुखामा ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ३ जना महिलालाई सम्मान गरिएको छ ।

शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा शिवसताक्षी–१० स्थित दोमुखामा भएको अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम शिवसताक्षीका कार्यरत तीन विद्यालयका महिला प्रधानाध्यापकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक तारा लावती, श्रीजंग आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जुकुमारी गौली र जनता आधारभूत विद्यालयकी प्रधानाध्यापक गीता भट्टराई रहेका छन् ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङफेलगायतले सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा म्युजिकल चियर, हण्डी फोर, महिला अधिकार सम्बन्धि कविता बाचन प्रतियोगिता भएको थियो । प्रतियोगितात्मक कार्यक्रमका विजेताहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पुरस्कार प्रदान गर्नु भयो । कार्यक्रममा नगर प्रमुख थोप्राले महिलाहरुको हक र अधिकारको विषयमा चर्चा गर्नु भएको भने े सम्पूर्ण महिला दिदीबहिनीहरुलाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङ्फे, वडाध्यक्ष विष्णु प्रसाई, सतासी महिला मौरीपालन सहकारी संस्थाकी व्यवस्थापक देवी दाहाल, वडाध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

महिला दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण सञ्चार कर्मी तथा महिला अधिकार भिमा शिवाकोटीले गर्नु भएको थियो । यसै बीच नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले सोही कार्यक्रम २ जना लाई सम्मान गरेको छ । सोही कार्यक्रममा रक्तदाता खनीमाया श्रेष्ठ र अम्बिका भट्टराईलाई सम्मान गरेको नेपाल रेडक्रस सोसाइटीले उपशाखा शिवसताक्षीले जनाएको छ ।

कार्यपालिका सदस्य यसोदा विमलीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महिला तथा बालबालिका शाखाकी प्रमुख देविना पराजुलीले गर्नु भएको थियो भने सञ्चालन नगर स्तरीय महिला समितिको उपाध्यक्ष कोपिला चम्लागाईले गर्नु भएको थियो ।

The post श्रमिक महिला दिवसः शिवसताक्षीका तीन महिला प्रधानाध्यापक सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register